माधव नेपाल पक्षको छुट्टै बैठक बस्दै | Education Patra

माधव नेपाल पक्षको छुट्टै बैठक बस्दै


जनादेश नेपाल, काठमाण्डौ । नेकपा (एमाले) को आन्तरिक संघर्ष झनै चुलिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेपछि विवाद झनै चुलिएको छ ।

नेता नेपालसहित चारै जना नेताले कुनैपनि हालतमा ओलीले सोधेको स्पष्टीकरण नदिने अडान लिएका छन् ।

अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउनको लागि आज नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने भएको छ ।
पछिल्लो समय नेपाल समूहका बैठक तथा छलफलहरु बानेश्वरस्थित् अर्याल होटेलमा हुँदै आएका छन् । नेपाल पक्षले कुनैपनि हालतमा अध्यक्ष ओलीसामू नझुक्ने नीति लिएको छ ।
उनीहरु पार्टीभित्र आन्तरिक संघर्ष गर्ने र देशव्यापी रुपमा समानान्तर कमिटी बनाएर अघि बढ्ने पक्षमा छन् ।
" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्