जनादेश नेपाल, काठमाण्डौं । मावि तह तृत्तीय श्रेणी स्थायी शिक्षकको जिल्ला पदस्थापनको लागि केही उम्मेदवारहरुको निवेदन नआएको गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
सोमबारसम्म अन्तिम समय हुँदा पनि निवेदन नपरेपछि सोमबार अपरान्ह ४ बजेसम्म निवेदन दिन सूचना जारी गरेको थियो । ११ जनाको नामावली सहित सूचना जारी गरेपछि ८ जनाले निवेदन दिएका निर्देशनालयले जनाएको छ । बाँकीले अहिलेसम्म पनि निवेदन नदिएकाले उनीहरुलाई बाँकी रहेको क्षेत्रमा पठाउने तयारी गरेको निर्देशनालयले जनाएको छ ।
निर्देशक अम्बिका प्रसाद आचार्यले भने ‘अझै पनि तीन चार जनाको निवेदन निवेदन आएको छैन । उहाँहरुलाई अब बाँकी रहेको क्षेत्रका विद्यालयमा पठाउँछौं ।’
मंगलबारदेखि नै उम्मेदवारले छनोट गरेको विद्यालयमा पठाउने तयारी रहेकोले अधिकांश सिफारिस भएका शिक्षकलाई मंगलबारदेखि विद्यालयमा उपस्थिति हुने गरी पठाउने उनले बताए । बाँकी रहेका शिक्षकलाई बुधबारदेखि विद्यालयमा उपस्थित हुने गरी पठाउने बताए ।