प्याव्सनको आयोजनामा विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन | Education Patra

प्याव्सनको आयोजनामा विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन


कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा विद्यार्थीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुले आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरिएको हो । कार्यक्रममा हस्तलेखन र महिला हिंसाको विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ ।

प्रदर्शनीको अवलोकन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तुको विद्यार्थी देशकै उत्कृष्ट रहेको प्रमाणित भएको बताउनुभयो । विद्यार्थीले निर्माण गरेका सामग्रीले सिपयुक्त जनशक्ति उत्पादन भएको दाबी गर्नुभयो । प्रदर्शनीको अवलोकन गर्दै प्याव्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले कपिलवस्तुका विद्यार्थीको प्रतिभा देखाउने अवसर प्रदान गरेको बताउनुभयो । जिल्लाभरीबाट छानिएका विद्यालयले उत्कृष्ट काम गरेको बताउँदै कपिलवस्तु शिक्षाको हबको रूपमा विकास हुँदैआएको बताउनुभयो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्