घोराही। दाङको घोराही– १६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजको ११ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कलेजको आयोजनामा कलेजकै प्रांगणमा एक कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारीले कलेजको समग्र क्रियाकलापबाट आफू प्रभावित भएको बताउनु भयो । प्रा. डा. भण्डारीले राप्ती इञ्जिनियरिङ कलेज शिक्षासंगै संस्कृतिमा भरीपूर्ण रहेको आफूले देखेको विभिन्न किसिमका नृत्यदेखि प्रष्ट भएको बताउनुभयो । विद्यार्थीहरुले सिक्ने ज्ञान विद्यार्थीमै भर पर्ने भएकोले विश्वको जुन सुकै विश्वविद्यालयबाट प्राप्त गरिने ज्ञान राप्ती इञ्जिनियरिङ कलेजबाटै प्राप्त गर्न सकिने बताउनुभयो । साथै प्रा. डा. दिपक भण्डारीले विद्यार्थी जीनवमा सस्कार र अनुशासन अनिवार्य रहेने र त्यो अनुसान राप्ती इञ्जिनियरिङ कलेजमा प्राप्त गर्न सकिने बताउनुभएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. तुल्सिराम भण्डारीले प्राईभेट र सरकारी शिक्षामा कुनै पनि फरक नहुने भएकोले सबै जना सिक्ने शिक्षा बराबर रहेको र त्यसका सिक्ने व्यक्तिमा भर पर्ने बताउनुभयो । डा. भण्डारीले भन्नुभयो उत्कृष्ट शिक्षा आर्जन गर्न सकेमा आफ्नो जीवनलाई विश्वको जुनसुकै कुनामा गएर पनि निर्वाह गर्न सकिने बताउनुभयो । साथै उहाँले पोखरा विश्वविद्यालयको पाठ्यक्रम पनि समयानुकुल बनाउनको लागि क्रमिक रुपमा परिवर्तनको प्रक्रियामा रहेको र त्यसले विश्व बजारमा सजिलै रोजगारी प्राप्त गर्नमा सहयोग पुग्ने बताउनुभयो ।
राप्ती इन्जिनियरिङ कलेजका प्रिन्सीपल रेशम गिरीले प्राविधिक शिक्षामा आत्मनिर्भर बनाउनका लागि कलेज संचालनमा ल्याइएको बताए । उनले कलेजबाट उत्पादन दक्ष जनशक्ति अहिले नेपाल सरकारको उप सचिवमा समेत कार्यरत रहेको उद्घोष गरे । कलेजमा अहिले ३९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरिरहेका जानकारी गराउदै प्रिन्सीपल गिरीले कलेजबाट उत्पादन भएका विद्यार्र्थीहरु पछिल्लो समयमा निजी तथा सरकारी क्षेत्रमा कार्यरत रहेको जानकारी दिए ।
कार्यक्रमका अतिथि दाङ चेम्बर अफ कमर्सका अध्यक्ष वलदेव योगीले मेरुदण्ड भनेको शिक्षा, शिक्षा, नै धन हो, आफुलाई पहिचान गर्न सिक्नुपर्छ, शिक्षामा आमुल परिवर्तन गर्नु पर्नेछ प्राविधिक शिक्षालाई व्यवहारिक, आधुनिक र जीवन मुखी शिक्षा बनाउनुपर्ने बताउनुभयो । त्यसै गरी नागरिक समाज दाङ संयोजक के वि मसालले पहिलाको राप्ती इञ्जिनियरिङ कलेज भन्दा अहिले धेरै परिवर्तन भएको र लामो संर्घष गरेर दाङ मात्र नभएर छिमेकी जिल्लालाई सहज भएको बताउनु भयो ।
त्यसैगरी पे्रस काउन्सिल नेपाल केन्द्रिय सदस्य शरद अधिकारीले कलेजमा भएका कार्यक्रममा विद्यार्थीमा भएका क्षमता वृद्धि गर्न अतिरिक्त क्रियाकलाप जरुरी हुने त्यो कार्य राप्ती इञ्जिनियरिङले पुरा गरेको बताउनु भयो । प्राविधिक शिक्षामा विकास गरेर प्राविधिक उत्पादन गर्ने र हरेक काममा सहज बनाउने कार्यमा कलेज धेरै संर्घषरत रहेको बताउनुभयो । राप्ती इञ्जिनियरिङ कलेजका विद्यार्थी सरकारी तथा गैरसरकारी क्षेत्रमा धेरै अगाडी रहेको बताउनु भयो ।
घोराही उपमहानगरपालिकाका प्रवक्ता राममणी पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका बैठक व्यवस्थापन समितिका संयोजक झरेन्द्र खरेल, दाङ चेम्बर अफ कमर्शका अध्यक्ष बलदेव योगी, मानव अधिकारकर्र्मी बिनोद केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा कलेजका विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मानपत्र तथा प्रमाणपत्र वितरण गरिएको थियो । विद्यार्र्थीहरुले स्वागत नृत्यसहित कौडा, थारु, तत्पा लगायतका थुप्रै नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो ।
राप्ती इन्जिनियरिङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष एवं कलेजका प्रवन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षता एवं पोखरा विश्वविद्यालयका रजिस्ट्रार दिपकबहादुर भण्डारीको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । कलेजका प्रिन्सीपल रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विश्वबन्दु थापाले गरेका थिए ।