जनकपुरधाम । धनुषामा एकजना प्रधानाध्यापकलाई आफ्नै छात्रहरुले कालो मुसो दलेर दुव्र्यवहार गरेका छन् । शहीदनगर नगरपालिका ७ धवौलीमा रहेको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद गोहिवारलाई विद्यार्थीहरुले दुव्र्यवहार गरेका हुन् ।
प्रधानाध्यापक गोहिवारले विद्यालयको पठनपाठन अस्तव्यस्त पारेको र हजारौ रूपैया भ्रष्टाचार गरेको भन्दै विद्यार्थीले दुव्र्यवहार गरेका हुन् । विद्यार्थीले प्रधानाध्यापक गोहिबारमाथि कालो मुसो दल्नुका साथै विद्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
पठनपाठन सुधार्न र हरहिसाब सार्वजनिक गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले वताए ।
‘यस्तो हेडसर हामीलाई चाहिँदैन । विद्यालयमा कुनै नियम नै छैन । सरस्वती पूजामा घटना हुँदा पनि केही गर्नुभएन ।’ एक विद्यार्थीले भने । भवन निर्माण, छात्तवृत्ति र पोशाक वितरण, कम्प्यूटर खरिद लगायतका शिर्षकमा प्रधानाध्यापक गोहिवारले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।
कक्षाकोठा समेत सफा नहुने गरेको गुनासो गर्दै विद्यार्थी जयकिसन पासवानल भने, ‘४÷५ दिन भयो लोखर्के (लुखी) मरेको । तर, अहिलेसम्म क्लास सफा गेिरएको छैन । गन्हाइरहेको छ ।’
प्रधानाध्यापक गोहिवारले चरम लापरबाही गर्ने गरेकाले अर्को प्रधानाध्यापक नआएसम्म विद्यालयमा तालाबन्दी जारी राख्ने उनले चेतावनी दिए । उनले छात्रवृत्ति वितरण र पाठ्यपुस्तकको भर्पाई, धानबालीबाट भएको आम्दानी र खर्च विवरण, खाजा व्यवस्थापन खर्चको विवरणलगायत सबै हरहिसाब सार्वजनिक गर्नुपर्ने पनि माग गरे ।
विद्यार्थीहरुको आन्दोलनमा अभिभावकहरुको पनि समर्थन रहेको छ । प्रधानाध्यापक गोहिवारमाथि अभिभावकहरू पनि आक्रोश पोखेका छन् ।
अभिभावक दीपेश यादव भन्छन्, ‘उहाँ (प्रधानाध्यापक) भएदेखि अहिलेसम्म अभिभावक भेला गर्नुभएको छैन । यो विद्यालयमा उहाँले चरम लापरबाही गर्नुभएको छ । त्यसैले विद्यार्थीहरुले गरेको कारबाही सही हो ।’
अभिभावक यादवले पनि सरकारले बालबालिकाका लागि खाजाको व्यवस्था गरिए पनि प्रधानाध्यापक गोहिवारले कहिल्यै खाजा नखुवाएको बताए । उनले विद्यालयको रुख बिरुवाहरू अनधिकृतरूपमा कटान गरी रूपैयाँ चलाएको पनि प्रधनाध्यापक गोहिवारमाथि आरोप लगाए ।
यता प्रधानाध्यापक गोहिवारले विद्यार्थीलाई उक्साएर स्थानीय केही व्यक्तिले आफूलाई दुव्र्यवहार गरेको भन्दै आफू कानूनी उपचारमा जाने समेत बताए । राजधानी दैनिकबाट