‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो ‘च्याटबोट बार्ड’ | Education Patra

‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो ‘च्याटबोट बार्ड’


काठमाडौँ । गुगलले एलन मस्कको ओपन एआईले ल्याएको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्नका लागि ‘च्याटबोट बार्ड’ सार्वजनिक गरेको छ ।

मस्कको ‘च्याट जीपीटी’सँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो ‘च्याटबोट बार्ड’

तर, यो एआई १८ वर्ष पुगेका प्रयोगकर्तालाई मात्रै उपलब्ध हुनेछ । यसअघिदेखि नै मस्कले माइक्रोसफ्टसहितको सहभागितामा च्याट जीपीटी ल्याएको थियो ।

बार्डले प्रयोगकर्तालाई गलत सूचना नदिने दाबी गुगलले गरेको छ । अब गुगलको च्याटबोट बार्डले समेत च्याट जीपीटीले जस्तै प्रयोगकर्ताको हरेक प्रश्नको उत्तर आफैँ दिने छ । एआई च्याटबोट मानिसहरुको प्राकृतिक प्रश्नहरूलाई सहजै सम्बोधन गर्नेगरी डिजाइन र प्रोग्रामिङ गरिएको बीबीसीमा उल्लेख छ ।

यसअघि, सन् २०२२ को नोभेम्बरमा च्याट जीपीटी सार्वजनिक हुँदा एक हप्ताभन्दा कम समयमा १० लाखभन्दा धेरै प्रयोगकर्ता बटुलेको थियो । च्याट जीपीटीले जस्तै च्याटबोटले पनि सबै विषयमा भाषण लेख्न सक्षम रहेको बताइएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्