ऐजुकेशनपत्र, दाङ तुलसीपुर। उच्च अदालतले दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न आदेश दिएको छ ।
बिहीबार माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य यथास्थितिमा राख्न उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिएको हो।
तुलसीपुरमा यसअघि प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा गरिएकोमा काँग्रेस, माओवादी केन्द्रनिकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक सङ्घ-संगठनहरूले विरोध जनाएका थिए।