एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न निर्देशन जारी गरेको छ । देशभरका सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामाग्री बिक्री वितरण नगर्न भनेको हो ।
शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हाताबाट शैक्षिक सामाग्री विक्री वितरण गर्न निषेध गरेको छ ।
शिक्षा नियमावलीको ३७ मा स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू नगरेमा वा पाठ्यपुस्तक खरिद गर्न लगाएमा सजाय गर्न सकिने व्यवस्था छ । त्यसरी विद्यालयबाटै पाठ्यपुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य गराएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यस्तो प्रधानाध्यापकलाई ऐन बमोजिम सजाय गर्नसक्ने व्यवस्था छ ।