ट्युसन आवश्यक नपर्नेगरी गुणस्तरीय शिक्षा शुलभ रुपमा दिइरहेका छौं | Education Patra

ट्युसन आवश्यक नपर्नेगरी गुणस्तरीय शिक्षा शुलभ रुपमा दिइरहेका छौं


द रोलिङ स्टोन्स स्कुल कोर क्षेत्रका अभिभावकको पहिलो रोजाइको विद्यालय बन्न सफल हँुदै आइरहेको छ । एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याई यस क्षेत्रमा उत्कृष्ट विद्यालयको परिचय बनाउन सफल हँुदै आइरहेको यस विद्यालयले कम शुल्कमा गुणस्तरीय शिक्षा दिएको छ । १२ वर्ष लामो अनुभव बोकेका शिक्षक, कर्मचारी, भव्य भवन, पारिवारिक वातावरण, आवश्यकतानुसारको भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा, साइन्स ल्याब, लाइब्रेरी, खेल्दै पढ्ने वातावरण, बास्केटबल, फुटसल खेल्न मिल्ने खेलमैदान विद्यालयका विशेषता हुन् ।

यस विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म पढाइ हुन्छ । कोर क्षेत्रका अन्य विद्यालयको तुलनामा फरक विषयमा निरन्तर शिक्षण सिकाइमा दत्तचित्त भएर लागिपर्ने भएकै कारण द रोलिङ स्टोन्समा छोराछोरी पढाउन पाउँदा अभिभावक खुसी छन् । यहाँ ट्युसन कक्षाको आवश्यक नै नपर्नेगरी गुणस्तरीय र शुलभ कक्षा दिइने गरिएको छ । द रोलिङ स्टोन्स स्कुलमा किन आफ्ना छोराछोेरीलाई अध्ययन गराउने ? विद्यालयको फरक विशेषता के कस्ता छन् ? आदि विषयमा केन्द्रित भई विद्यालयका संस्थापक दिरेकलाल श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः

० द रोलिङ स्टोन्समा विद्यार्थीको आकर्षण किन बढिरहेको छ ?
– प्रत्येक विद्यार्थी विशेष हुन्छन् । उनीहरूलाई हामी किन र कसरी विशेष छौं ? भन्ने पत्ता लगाउन मद्दत गर्छौं । द रोलिङ स्टोन्समा विद्यालयको शिक्षणमैत्री वातावरणका कारण अभिभावकको आकर्षण बढिरहेको छ । हाम्रो विद्यालयको व्यवस्थापन पक्ष राम्रो छ । पढाइमा गुणस्तरीयता छ । अभिभावक र विद्यालयको सम्बन्ध राम्रो छ । विद्यालयका प्रिन्सिपल र शिक्षक सधंै सँगै रहने भएकाले विद्यार्थीको आकर्षण बढ्नुलाई स्वाभाविक रूपमा लिएका छौं ।

हामीले सबै अभिभावकलाई सुखी र सन्तोषपूर्ण जीवन बिताउने किसिमको शिक्षा उहाँहरूका छोराछोरीलाई दिएका छौं । विद्यालयको व्यवस्थापनसँगै हामीले आफ्ना विद्यार्थीलाई प्रविधिसँग नजिक बनाएका छौं । हाम्रो स्कुलको फेसबुक पेज स्क्यान गर्दा विद्यालयका ’boutमा सम्पूर्ण जानकारी पाउन सकिन्छ । हाम्रो मुख्य आकर्षण भनेको हामी कोर सहरको समुदायसँग जोडिएका छांै । कोरक्षेत्रमा विद्यालय भएकाले हामीले समुदायसँग मिलेर काम गरिरहेका छौं ।

० तपाईं ले भने जस्ता विशेषता अन्य विद्यालयमा छैन र ?
– मैले उल्लेख गर्न खोजेका विशेषता अन्य विद्यालयमा नभएका होइनन् । तर, हामीले हरेक क्रियाकलापमा विद्यार्थीलाई भोलन्टियर गराउँछौं, ताकि उनीहरूले व्यावहारिक अनुभवबाट पनि सिक्न सकून् । हामीले आज (शनिबार) नै रोलिङ स्टोन्स मेलाको आयोजना गर्दै छौं । यो सबै यहाँका सिनियर विद्यार्थीले नै आयोजना गरेका हुन् । हामीले खालि उनीहरूलाई सुझाव दिने गरेका छांै । आर्ट्स, क्राफ्ट, विज्ञान प्रदर्शनी, टिकट बिक्री, मैदान व्यवस्थापनजस्ता सबै कार्यक्रम विद्यार्थीले नै गरेका हुन् । त्यसैले, अन्य विद्यालयको तुलनामा हाम्रो विद्यालय व्यावहारिक छ । पढाउने शैली फरक छ । हामी खेलाउँदै पढाउँछौं । अन्य विद्यालय बढी घोकाउँछन् र प्रयोगात्मक विषयमा ध्यान दिँदैनन् । हामी सिर्जनात्मक किसिमले पढाउँछौं ।

नेपाल र विदेशको राम्रो स्कुलको क्रियाकलापबाट सिकेर त्यसलाई स्थानीयस्तरको शिक्षा दिएका छौं । हामीले विद्यार्थीलाई समस्यासँग जुध्न सिकाउँछौं । त्यसैबाट समाधानको बाटो बताइदिन्छौं । किताबी ज्ञानका अतिरिक्त अन्य विषयमा ध्यान दिने गरेका छौं । आफ्नो समस्या आफैंले समाधान गर्नेगरी विभिन्न क्रियाकलाप सिकाउने गरेका छौं । त्यसैले, अन्य विद्यालयको तुलनामा हाम्रो विद्यालयको पढाइको शैली फरक छ ।

– शिक्षक, अभिभावक र विद्यालयको सम्बन्ध राम्रो छ ।
– बच्चालाई सफलभन्दा पनि संस्कारी बनाउनमा विशेष जोड दिएका छौं ।
– सबै चाडपर्व विद्यालयमै मनाउने गरेका छौं ।

अर्को कुरा हामी विद्यार्थीलाई विद्यालयमै पढ भन्छौं । नबुझेका कुरा शिक्षकलाई सोधेर विद्यालयमै गृहकार्य पूरा गर भन्छौं । हामीले देखिरहेका छौं, कतिपय अभिभावकले भन्ने गरेका छन् कि विद्यालयका शिक्षकले विद्यालयमा कम पढाउँछन् । अनि ती स्कुलबाट अनिवार्य रूपमा ट्युसन पढ्नुपर्ने व्यवस्था गरेका छन् । अन्य विद्यालयले कम शुल्कमा पढाएका छौं भन्ने हल्ला फैलाएको सुनेका छौं । मासिक शुल्कमा कम शुल्क लिएको देखाउने तर मासिक ट्युसन तथा कोचिङ गरेर बढी शुल्क लिएर थप कक्षा सञ्चालन गरिरहेका छन् । परीक्षाको प्रश्नको उत्तरसमेत ट्युसन कक्षामा सिकाउने गरेको अभिभावकले गुनासो गरेका छन् । अनि ट्युसन पढेको विद्यार्थी अब्बल हुन्छन् जस्तो देखाउने गरेका छन् । तर, अहिले अभिभावकहरू बाठा तथा सचेत भइसकेका छन् । कसैले पनि ढाँटछल गर्नसक्ने अवस्था छैन ।

शिक्षकलाई कम तलब दिएर ट्युसनमा जोड दिने, अनिवार्य रूपमा ट्युसन पढाउनुपर्ने बाध्यकारी व्यवस्था हाम्रो विद्यालयमा छैन । हामीले अभिभावकसँग धेरै शुल्क लिएर उनीहरूलाई दुःख दिने गरेका छैनौं । ‘अभिभावकको खुसी नै विद्यालयको उन्नति’ भन्ने सोचका साथ अघि बढिरहेका छौं । सीमित सिटमा थोरै संख्यामा भर्ना लिने गरेका कारण कक्षाकोठामा नियमित पढाइ नै ट्युसनको वातावरणजस्तै बनाएका छौं । अधिकांश विद्यालय ट्युसन र कोचिङमुखी भए । कक्षामा राम्रोसँग नपढाएर ट्युसन पढाउने गर्नाले अभिभावकलाई थप आर्थिक भार परेको छ ।

० तपाईंकाे विद्यालयमा शुल्क कति लिने गर्नुभएको छ ?
– शुल्कको कुरा गर्नुपर्दा हामीकहाँ न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिएका छौं । विदेशी दातृ निकायबाट अनुदानमा शैक्षिक र खेलकुद सामग्री ल्याएका छौं । लेगो फाउन्डेसनले थुप्रै लेगो खेलौनाहरू उपलब्ध गराएको छ । लायन्स क्लब अफ सोलेरड डेनमार्कबाट कम्प्युटरहरू प्राप्त भएको छ भने अमेरिकन प्रोफेसर ग्यारी एन्डरसन र ज्यानिस एन्डरसनबाट पूर्वप्राथमिक कक्षाहरूका लागि शैक्षिक सामग्री प्राप्त भएका छन्, जुन सामग्री हामीले विद्यार्थीलाई पढाउनका लागि प्रयोग गरिरहेका छौं । ती सामग्री खरिद गर्दा अभिभावकलाई भार पर्ने थियो । हामीले अन्य कार्यक्रमका लागि शुल्क लिने गरेका छैनौं । तेक्वान्दो, म्युजिक, डान्स र आर्टका सबै कक्षा अफर गरेका छौं । तर, कुनैलाई पनि अनिवार्य गरेका छैनौं । विद्यार्थीको रुचिनुसार कम शुल्कमा विद्यालय समयपछि ती कक्षा लिने गरेका छौं । जसलाई रुचि हुन्छ अतिरिक्त शुल्क तिरेर ती अतिरिक्त विषय अध्ययन गर्छन् ।

नाफामुखीभन्दा पनि सामाजिक क्षेत्रमा केही गरौं भन्ने मनसायले विद्यालय सञ्चालन गरेका हौं । यसै कारणले पनि यहाँका स्थानीय अभिभावकले हरेक दिन बसमा दुई घण्टा जाने–आउने समयलाई भन्दा नजिक भएकाले हाम्रो विद्यालयमा आफ्ना नानीबाबु ल्याउनुभएको छ ।

० उसो भए अतिरिक्त क्रियाकलापमा के–के हुन्छ त ?
– हामीले विद्यालयको कक्षा समयपछि अध्यापन हुने पाँच दिन विभिन्न क्रियाकलाप सञ्चालन गरेका छौं । बच्चालाई आफ्नै छोराछोरीजस्तै असल विद्यार्थी बनाएका छौं । सफलका साथै बच्चालाई संस्कारी, आफूभन्दा ठूलालाई आदर र सानालाई सम्मान गर्न सिकाएका छौं । सबै चाडपर्व विद्यालयमै मनाउने गरेका छौं । विद्यालयमा नै असार १५ गते धान रोप्न, दशैंमा चंगा उडाउन सिकाउने गरेका छौं । तिहारमा सेलरोटी, तीजमा खानाको परिकार, योमरी पुन्हीमा योमरी पकाउन सिकाएका छौं ।

त्यसैगरी, तिहारमा देउसी खेलाउँछौं, इन्द्रजात्रामा इन्द्रजात्राको विशेषता’bout पढाउँछौं, होली होस् वा अन्य सबै जात र भाषाभाषीको संस्कार र संस्कृतिलाई मान्न सिकाएका छौं । बच्चाले गरेको क्रियाकलाप समेटेर डकुमेन्ट्री बनाएका छौं । युट्युबमा राम्राराम्रा भिडियो खोजेर साना बच्चालाई राम्रा र सकारात्मक क्रियाकलाप उपलब्ध गराउने गरेका छौं । उत्कृष्ट नृत्य र संगीत प्रशिक्षकबाट नृत्य प्रशिक्षण दिन्छौं । तेक्वान्दो, संगीतकलालगायत खेलकुद र विभिन्न क्रियाकलाप सञ्चालन गरेका छौं । सबै विद्यार्थीलाई विज्ञान संग्रहालय, चिडियाखाना, विश्व सम्पदा सूचीमा सूचीकृत पाटन, भक्तपुर र काठमाडौं दरबारक्षेत्र, उपत्यकाका मठमन्दिर र त्यसको धार्मिक महत्वका ’boutमा शैक्षिक भ्रमण गराउँछौं । पुस्तकालयमा विश्वचर्चित पुस्तक राखेका छौं, कथा कविता र उपन्यासले विद्यार्थीलाई पढ्ने संस्कृति जगाएको छ । हामी लाइब्रेरीको किताब दिएर घरमै पठाउँछौं । नयाँ पुस्तक पढेर सिकेको ज्ञानलाई कक्षामा बाँड्न सिकाएका छौं । पौडी खेल्न सिकाउँछौं । विद्यार्थीलाई स्कुलमा नै साइकल चढ्न सिकाउँछौं ।

हरेक वर्ष उपत्यकाबाहिर देशका विभिन्न जिल्लामा धार्मिक र पर्यटकीय शैक्षिक भ्रमण गराउँछौं । विदेशी शिक्षक बोलाएर नेपाल र विदेशी मुलुकको शिक्षा, कक्षाकोठा र पढाइ शैलीको अनुभव साट्ने गरेका छौं । विद्यार्थीलाई रिपोर्ट लेख्न सिकाएका छौं । वक्तृत्वकला, हाजिरीजवाफमा सहभागी गराउने गरेका छौं । यसभन्दा पनि महत्वपूर्ण कुरा हामीले गरेका हरेक विषय’bout अभिभावकसँग अन्तक्र्रिया गर्ने गरेका छौं ।

– अन्य विद्यालयको तुलनामा हाम्रो विद्यालयको पढाइको शैली प्रयोगात्मक छ ।
– हामीले विद्यार्थीलाई समस्यासँग जुध्न सिकाउँछौं । त्यसैबाट समाधानको बाटो बताइदिन्छौं ।
– हामीले गरेका हरेक विषय’bout अभिभावकसँग अन्तक्र्रिया गर्ने गरेका छाैं ।

० सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले स्थानीयलाई केही सुविधा दिने गरेको छ ?
– यस विद्यालयमा काठमाडौंं महानगरपालिकाका १२, १३, १५, १७, १८, १९, २०, २३ र २४ वडाका बालबालिका अध्ययन गर्छन् । हामीले ती वडाका बालबालिकालाई विशेष सहुलियत दिएका छौं । विद्यालयले बालबालिका लक्षित उत्कृष्ट छात्रवृत्ति व्यवस्था गरेको छ ।

हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छौं । अभिभावक र टोल लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छौं । यस वर्ष अभिभावक विद्यार्थी गरी १ हजार ४ सयले स्वास्थ्य परीक्षण गरेका छन् । घरघरबाट अभिभावक बोलाएका छौं । विद्यार्थीले आफ्ना छिमेकीलाई शिविर’bout जनचेतनामूलक शिक्षा दिने गरेका छन् । हरेक वर्ष यस्तो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।

० शिक्षकको नेतृत्व विकासमा ध्यान दिनुभएको छ ?
– किन नहुनु, शिक्षक राम्रो भएपछि मात्रै विद्यालयको पठनपाठन गर्ने वातावरण राम्रो हुनुपर्छ भन्ने विश्वव्यापी मान्यतालाई अनुसरण गरेका छौं । त्यसैले, द रोलिङ स्टोन्सले विदेशी शिक्षकसँग हाम्रा शिक्षकको अनुभव साटासाट गर्ने गरेका छौं । शिक्षकलाई पढ्न र क्रिएटिभ काम गर्न सिकाउने गरेका छौं । शिक्षण विधि सिकाउने व्यवस्था गरेका छौं । सबै अनुभवी र तालिमप्राप्त शिक्षक भएकाले हाम्रो विद्यालयको शैक्षिक स्तर माथि उठेको छ । सामुदायिक र हाम्रो विद्यालयका शिक्षकबीच अनुभव आदानप्रदान गराएका छौं । शिक्षकलाई विश्वका विभिन्न देशको शैक्षिक अवस्था र पढाइ शैली’bout जानकारी गराएका छौं । सबै शिक्षकले विभिन्न देशको शिक्षाको अवस्था’bout जान्नुभएको छ । सोही आधारमा विद्यालयमा कक्षा लिइरहनुभएको छ । सबै शिक्षकलाई तालिमको प्रबन्ध गर्ने गरेका छौं । शिक्षकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम आयोजना गरेका छौं ।

० विद्यालय र अभिभावकबीचको सम्बन्ध कस्तो हुनुपर्छ ?
– आफ्ना छोराछोरीले कस्तो पढिरहेका छन् ? भनेर हेर्न आउन अभिभावकलाई पनि १५ मिनेट मात्र लाग्छ । शिक्षक र अभिभावकको भेट जुनसुकै बेला हुनसक्छ । अभिभावकसँग शिक्षक र विद्यार्थीको भेट छरछिमेकसँग किनमेल गर्दा बजार गएजस्तै हो । छोटो दूरीमा सजिलै भेट हुन्छ । त्यसैले, विद्यालयले मात्रै होइन अभिभावकले समेत विद्यालय र आफ्ना छोराछोरीको गतिविधि सजिलै जानकारी लिन पाउँछन् ।

शिक्षकले बालबच्चालाई आफ्नै बच्चाजस्तै गरेर राम्रोसँग हेरचाह गर्छन् । स्कुलमा अभिभावकलाई जुनसुकै बेला पनि विद्यालय स्वागत गर्न तयार हुने वातावरण छ । अर्थात् बच्चाहरूको दिनहुँ घण्टौं बसमा बसेर विद्यालय जानुपर्ने अनावश्यक समय बचत भएको छ ।

० अन्त्यमा केही भन्नु छ कि ?
– म बिहानैदेखि स्कुलमा व्यस्त रहन्छु । स्कुललाई बढी समय दिएका कारण यस स्कुललाई उत्कृष्टताको नमुना बनाउनु नै हो । शिक्षक र विद्यार्थीलाई पारिवारिक र रमाइलो वातावरण कसरी दिन सकिन्छ ? भनेर सिर्जनात्मक क्रियाकलापको योजना बनाइरहेको हुन्छु । म यस विद्यालयलाई समाजका अन्य विद्यालयभन्दा पृथक् र फरक बनाउन खोजिरहेको छु र सोहीअनुसार अघि बढिरहेको छु ।

मैले रहर वा कसैको लहलहैमा लागेर यो विद्यालय स्थापना गरेको होइन । गुणस्तरीय तथा व्यावहारिक शिक्षा दिएर विद्यार्थीलाई समुदायमा घुलमिल हुनसक्ने बनाउने र समाज परिवर्तनमा उनीहरूको भूमिका प्रमुख हुने किसिमले शिक्षा प्रदान गर्दै छौं । विद्यार्थीलाई असल शिक्षा दियौं भने उनीहरू समाज परिवर्तनको संवाहक बन्न सक्छन् भन्ने सोचका साथ सोहीअनुसारको शिक्षा दिएका छौं । राजधानीबाट

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्