अब खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट हुने | Education Patra

अब खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट हुने


काठमाडौं । सकारले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्नका लागि स्थानीय तहलाई प्रोत्साहित गरिने बताएका हुन् ।

पछिल्लो समय कतिपय पालिकाहरूले प्रतिस्पर्धाको माध्यमबाट प्रधानाध्यापक नियुक्त गर्दै आएका छन् । संघीय सरकारले आगामी वर्ष यसलाई थप प्रोत्साहन गर्ने घोषणा गरेको हो ।
" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्