सुचना प्रविधिले समाज रुपान्तरणमा सहयोग गरेको छः मेयर टिकाराम खडका | Education Patra

सुचना प्रविधिले समाज रुपान्तरणमा सहयोग गरेको छः मेयर टिकाराम खडका


एजुकेशनपत्र काठमाण्डौं । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अहिले सबैको पहुँचमा मोबाइल फोन र इन्टरनेट पुगेकोले समाजको रुपान्तरणमा यसले सहयोग गरेको बताउँनु भएको छ ।

गत शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर खडकाले जनताको जीवनमा सूचना प्रविधिको महत्व र यसको नियमन र सुशासनको आवश्यकतामा समेत जोड दिनुभएको हो ।

साइबर अपराध र सुरक्षाको विषय आमनागरिकको सरोकारको विषय भएकोले स्थानीय तहले यसलाई चासो र महत्वकासाथ ग्रहण गर्नु पर्छ । अहिले बालकालिकाहरुलाई सामाजिक संजालहरुमा प्रयोग गरिदै आएको छ । यसो गरिनु राम्रो होइन । सामाजिक संजाल मार्फत नागरिकका गोप्य सुचनाहरु चुवावट भइरहेका छन् । यसलाई तीन तहको सरकारले रोक्न सक्नु पर्छ मेयर टिकाराम खडकाले भन्नु भयो ।

साइबर अपराध र सुरक्षाको विषय आमनागरिकको सरोकारको विषय भएकोले स्थानीय तहले यसलाई चासो र महत्वकासाथ ग्रहण गर्नु पर्छ । अहिले बालकालिकाहरुलाई सामाजिक संजालहरुमा प्रयोग गरिदै आएको छ । यसो गरिनु राम्रो होइन । सामाजिक संजाल मार्फत नागरिकका गोप्य सुचनाहरु चुवावट भइरहेका छन् । यसलाई तीन तहको सरकारले रोक्न सक्नु पर्छ मेयर टिकाराम खडकाले भन्नु भयो ।साथै उहाँले आगामी दिन प्रत्ये स्थानीय तहमा साइबर सुरक्षाको विषयमा छलफल चलाउँनु पर्ने कुरामा जोड दिनु भयो ।

शनिबार घोराहीमा आयोजित सञ्चार, साइबर सुरक्षा नीति तथा कानूनसम्बन्धी राष्ट्रिय सम्मेलनमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी, सुचना प्रविधि विभागका महानिर्देशक श्री प्रेमसरण श्रेष्ठ, नेपाल टेलीकमका म्यानेजर डा. विमल आचार्य, नेपाल टेलीकमका डेपुटी जेनरल म्यानेजर ई. चिन्तामणी बराल, नेपाल दुरसंचार प्राधिकरणका निर्र्देशक ई.विजयकुमार रोय, दाङ जिल्लाका प्रहरी प्रमुख एसपी बीरबहादुर वली, नेपाल टेलीकमका लुम्बीनी प्रदेश कार्यालय प्रमुख ई. सीवराज खनाल र नेपाल टेलीकमका प्रमुख व्यापार अधिकृत संगीता पहाडीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

महारुद्र गुप प्रा.लि., राप्ती ईन्जिनियरिङ कलेज-रिसर्च एण्ड इनोभसन सेन्टर र सिलिकन रिसर्च एण्ड इनोभेसना सेन्टरले आयोजना गरेको उक्त कन्फरेन्सरलाई नेपाल दुरसंचार प्रधिकरण, नेपाल टेलीकम र सुचना प्रविधि विभागको सहयोग रहेको छ ।

सो कार्यक्रममा स्थानीय तहका आइटी अधिकृत, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी, अनुसंधान प्रहरी, विद्यालयका प्रअ तथा कम्प्युटर शिक्षक, जनप्रतिनीधि र सरोकारवालाहरु गरी ३०० जनाको सहभागीता हरेको थियो ।

राप्ती ईन्जिनियरिङ कलेजका प्रिन्सीपल रेशम गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता प्रवन्ध निर्देशक डा. भीमसेन गिरीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण दामोदर गिरी र विश्वबन्धू थापाले गर्नु भएको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्