एजुकेशनपत्र, घोराही । राप्ती इन्जिनियरीङ कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ गरेको छ । कलेजमा कम्प्युटर बेसिक कोर्ष गरिरहेका विद्यार्थीहरुलाई सहभागी गराई एक कार्यक्रमका बीच उक्त काउन्सेलिङ गरिएको कलेज प्रशासनले एजुकेशनपत्रलाई जानकारी गराएको छ ।
कलेज संचालक समितिका अध्यक्ष एवं कार्याकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजका उपलब्धीहरु, भौतिक संरचनाहरु, कलेजमा रहेका शाखाहरु, कलेजबाट उत्पादित विद्यार्र्थीहरुको रोजगारीको अवस्थाको बारेमा जानकारी गराउनुु भएको थियो ।
कलेजले २०६५ सालदेखि नै प्रविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद सानोठिमी भत्तपुरबाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे, सिभिल र इलेक्ट्रिकल इञ्जिनियरिङ तथा पोखरा विश्वविद्यालय अन्र्तगत विसिए र विई सिभिल कार्यक्रमको कक्षा सञ्चालन गर्दै आईरहेको बताउनुभएको थियो । डा. गिरीले अहिलेको आईटी शिक्षाको रोजगारीको अवस्था, आईटी शिक्षा पढेको दक्ष जनशाक्तिको अवस्था लगायतको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले अहिलेको समय भनेको विद्यार्थीहरुको लागि महत्वपुर्ण समय भएकोले सबैले राम्रोसंग सोच विचार गरेर मात्र कुनै पनि विषय अध्ययन गर्न आग्रह गर्नु भएको थियो ।
सो अवसरमा गिरीले कुनै पनि कार्य सञ्चालन तथा जीविकोपार्जन गर्नको लागि प्राविधिक शिक्षा आवश्यक पर्ने भएकोले सबैले घरको आर्थिक अवस्था, परिवारिक वातावरण तथा आफ्नो लगनशिलतालाई ध्यानमा राखेर विषय रोज्न आग्रह गर्नु भएको थियो । अहिलेको युग सुचना प्रविधिको युग भएकोले अहिले कम्प्युटर विषय लिएर अध्ययन गर्दा रोजगारी तथा नयांँ नयाँं सुचना प्रवाह प्राप्त गर्न सजिलो हुने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै योग गुरु रविन्द्र बस्नेतले अहिलेको समय भएको आफूले कस्तो शिक्षा पढ्ने, कुन विषय रोज्न, कुन ठाउँको कलेज/स्कुल पढ्ने जस्ता अनेकौ प्रश्नहरु स्वाभिक रुपमा आउने भएकोले सबैले सोच विचार गरेर मात्र निर्णयमा पुग्न आग्रह गर्नुभएको थियो । साथै योग गुरु बस्नेतले अहिलेको अवस्थामा कम्प्युटर शिक्षाको माग अत्यधिक भएकोले रोजगारीको संभावनाहरु पनि त्यतिकै रहेका उहाँले बताउँुन भयो ।
कार्यक्रमका सहभागीहरुलाई कलेजका प्रिन्सिीपल रेशम गिरीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन प्रशिक्षक धनेश्वर चौधरीले गर्नु भएको थियो ।