एजुकेशनपत्र , दाङ । पद्मोदय पब्लिक मोडेल उच्च माध्यमिक विद्यालयकी एक विद्यार्थीले विद्यालयका प्रशासन प्रमुख मनिष श्रेष्ठमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन् ।
विद्यार्थीले फेसबुकमा पोष्ट गरे, “शिक्षकले तिम्रा तिघ्रामा हात राख्दा के हुन्छ? के उनीहरूले यही गर्छन्?” श्रेष्ठले आफुलाई हानि पु¥याउने धम्की समेत दिएको छात्राले बताएकी छन् । । “आज मलाई यो भयो, कसलाई थाहा छ यो अरू कसैलाई पनि हुन सक्छ।
हामी केटीहरूले अझै कति सहनु पर्छ?” उनले फेसबुकमा लेखिन् । विद्यार्थीमाथि दुर्व्यवहारको घटनाले सामाजिक सञ्जालमा आक्रोश मच्चाएको छ ।
बिहीबार विद्यालयका सह विद्यार्थीले आरोपित श्रेष्ठलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए । विद्यालयका तर्फबाट प्रधानाध्यापक मोहन अधिकारीले घटनाको अनुसन्धान भइरहेको र विद्यार्थी र आरोपी श्रेष्ठसँग छलफल गरी अवस्था बुझ्ने काम भइरहेको बताएकी छन् ।