अन्तरमाध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा कृतिका जिसी प्रथम | Education Patra

अन्तरमाध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा कृतिका जिसी प्रथम


काठमाडौँ । रक्तदानबारे चेतना जागृत गर्ने उद्देश्यले ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले आयोजना गरेको उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालय निबन्ध प्रतियोगितामा बुद्धनगरस्थित केएमसी स्कुलकी कृतिका जिसी प्रथम भएकी छन् ।

ब्लोदानरा जारी विज्ञप्तिअनुसार, जुन १४ मा विश्वभर मनाइने रक्तदाता दिवसका अवसरमा आयोजित ‘म रक्तदान गर्नेछु’ विषयमा भक्तपुरस्थित सैनिक आवासीय विद्यालयका आयुष बञ्जारा द्वितीय र सुन्दरीजलस्थित नयाँपाटीमा रहेको डा. फोडील पब्लिक स्कुलका अटलदेव ढकाल तृतीय भएका छन् । पुरस्कृतलाई नगद क्रमशः ५०, २५ र १० हजार नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

ब्लोदानले गत वर्ष यही दिवसलाई साइत पारेर बाजुरा, चितवन, जाजरकोटलगायत जिल्लाका विद्यार्थीलाई निबन्ध प्रतियोगीतामा सहभागी गराएको थियो । यो कार्यक्रम हरेक वर्ष ब्लोदानका संस्थापक तथा विश्व रक्तदाता अर्जुनप्रसाद मैनालीको सहयोगमा हुँदै आएको छ । मैनालीका अनुसार, यसपटक उपत्यकाका दर्जनौं विद्यालयका १ सय ४२ जना विद्यार्थीले निबन्ध प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगिताको निर्णायकमा सहप्राध्यापक गिरिराज पोखरेल, केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेल र साहित्यकार लोचनतारा तुलाधर थिए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्