दक्ष जनशक्ति उत्पादनमा जोड, सक्षम र समृद्ध विश्वविद्यालय बनाउन शिक्षामन्त्रीको आह्वान | Education Patra

दक्ष जनशक्ति उत्पादनमा जोड, सक्षम र समृद्ध विश्वविद्यालय बनाउन शिक्षामन्त्रीको आह्वान


एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयलाई सक्षम र समृद्ध बनाउन राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

blog

मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । विश्वविद्यालयलाई अत्याधुनिक बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।

उनले केही वर्षअघिदेखि नै सभ्य र प्राज्ञिक क्षेत्रका लागि विश्वविद्यालय व्यवस्थापन र पदाधिकारीविरुद्ध अस्वीकार्य गतिविधि भइरहेको र सरकारसँग सबै दलका माग पूरा गराउने नाममा यस्ता कार्य गर्न नहुने बताउँनु भयो।

उहाँले अराजक, गैर शैक्षिक र गैरराजनीतिक गतिविधिलाई त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारले मात्र नभई सभ्य समाजले पनि स्वीकार गर्न नसक्ने बताउँनु भयो ।

उहाँले भन्नुभयो, “राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई समयमै सक्षम र समृद्ध बनाउनु आजको आवश्यकता हो । यसका लागि भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनु पनि उत्तिकै जरुरी छ । केही वर्षअघिदेखि नै सभ्य र शैक्षिक क्षेत्रका लागि अस्वीकार्य विश्वविद्यालय व्यवस्थापन र पदाधिकारीविरुद्ध भएका गतिविधिलाई नजिकबाट नियालिरहेको छु । म सरकारसँग आफ्ना माग पूरा गर्ने नाममा यस्ता गतिविधि नगर्न र वार्ताबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यस्ता अव्यवस्थित, अवैज्ञानिक र अराजनितिक गतिविधिलाई त्रिभुवन विश्वविद्यालयले मात्रै स्वीकार गर्न सकिँदैन ।”

मन्त्री राईले पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संयुक्त रूपमा विश्वविद्यालय सुधारको प्रयास गर्न जरुरी रहेको बताउनुभयो। उहाँले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरू समयसापेक्ष परिमार्जन गर्ने विषय, विश्वविद्यालयको अध्ययन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउने विषय र ठुलो सङ्ख्यामा उच्च शिक्षकमा लागि बिदेसिने क्रमलाई देशमै अवसर प्रदान गरी रोक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताउनुभयो।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्