कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. डबल धामी नियुक्त | Education Patra

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. डबल धामी नियुक्त


एजुकेशनपत्र, काठमाण्डौं । बझाङका निवासी चिकित्सा व्यवसायी डा. डबल धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा नियुक्त भएका छन् । संस्थाका उपकुलपति डा. मंगल रावल र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नियुक्ति गरेका हुन् ।

उपकुलपति डा. रावलको सिफारिसमा मन्त्री बस्नेतले उक्त पदका लागि डा. भूमिराज क्षेत्री डा. कुशल भट्टराई र डा. धामीसहित तीनजनाको प्रस्ताव गरेका थिए । उपकुलपति डा रावलले रेक्टरका लागि यसअघि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका थिए ।

बझाङको छबिस पाथीभेरा ६ का स्थायी बासिन्दा डा.धामी यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापकका रूपमा कार्यरत थिए । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट क्लिनिकल फार्माकोलजी र थेराप्यूटिक्समा एमडी गरेका छन्।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्