संघीय शिक्षा ऐनमा माग सम्बोधन नभए नेपाल राहत शिक्षक केन्द्रीय समितिले सशक्त आन्दोलन गर्ने | Education Patra

संघीय शिक्षा ऐनमा माग सम्बोधन नभए नेपाल राहत शिक्षक केन्द्रीय समितिले सशक्त आन्दोलन गर्ने


एजुकेशनपत्र, काठमाण्डौं । नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईको संयोजकत्वमा गठित समितिले शिक्षकहरुलाई आन्दोलनको तयारीमा रहन आग्रह गर्दै देशव्यापी परिपत्र गर्दै आएको छ ।

समितिले आफ्ना माग ऐनमा समेट्ने सम्भावना न्यून भएकोमा चिन्ता व्यक्त गर्दै सशक्त आन्दोलनको तयारी गर्न आह्वान गरेको छ । देशभरका ४० हजार भन्दा बढीको संख्यामा रहेका राहत शिक्षकहरूले पेशागत स्थायित्वको माग राख्दै आएका छन् ।

विगतमा पटक–पटक आन्दोलन गर्दै आएको स्मरण गराउँदै अब पनि माग पुरा नभएको खण्डमा अन्तिम चरणको आन्दोलनको लागि तयार रहन भनेका हुन् ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले जारी गरेको सर्कुलरमा मन्त्रिपरिषद्मार्फत संसद्मा पेश हुन लागेको ऐनमा आफुहरूका माग सम्बोधन हुने सम्भावना न्यून रहेको भन्दै आन्दोलनको लागि तयार रहन भनेको हो ।

शिक्षा ऐनको मस्यौदा मन्त्रिपरिषद्मा पेस गर्ने अन्तिम तयारीमा भई रहेको बेला सरोकारवालासँगको छलफललाई बेवास्ता गर्दै शिक्षा मन्त्रालयले एकतर्फी एकलौटी ढंगले सम्बन्धित सरोकारवाल निकायहरुसँग छलफल नै नगरि अगाडी बढ्ने संकेत देखिएकोप्रति उनीहरूले आपत्ति जनाएका छन् ।

अहिलेकै परिवेशमा संघीय शिक्षा ऐन जारी भए हजारौंको संख्यामा राहत शिक्षक पेसाबाट विस्थापित हुनुपर्ने अवस्था आउने सक्ने, उनीहरूको भनाई छ । उनीहरुले शिक्षा मन्त्रालय र अभिभावकीय संस्था नेपाल शिक्षक महासंघलाई तीन दिनभित्र ठोस निकास दिन अलटिमेटम दिएका छन् । त्यो बेला ठोस निकास नदिएको खण्डमा शसक्त रुपमा मैदानमा उत्रिन बाध्य हुने उनीहरूको भनाई छ ।

राहत शिक्षक आन्दोलनलाई तिव्रता दिन केन्द्रीय समितिले देशका कुनाकुनाबाट शिक्षकलाई काठमाडौंमा भेला हुन आह्वान समेत गरेको छन ।

rahat-teacher (2)

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्