कार्यविधि विपरीत आफुखुशी छात्रवृत्ति वितरण गर्दै गाउँपालिका | Education Patra

कार्यविधि विपरीत आफुखुशी छात्रवृत्ति वितरण गर्दै गाउँपालिका


एजुकेशनपत्र काठमाण्डौं । आफैंले बनाएको प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ विपरीत सिद्धलेक गाउँपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरणको तयारी गरेको छ ।

नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययन पूरा गरी प्राविधिक विषयमा उत्कृष्ट हुने, कलेज तथा विश्वविद्यालयमा थप शिक्षा हासिल गर्ने योग्य विद्यार्थीलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म नेपाली रुपैयाँ उपलब्ध गरउनेछ ।

छात्रवृत्ति वितरणको विद्यमान मापदण्डविपरीत स्थानीय राजपत्रमा प्रकाशित विधेयकका आधारमा छात्रवृत्ति वितरण गरिएको सिद्धलेक निवासी रकिम अन्सारीले बताए ।

नगरपालिकाले यसअघि गजुरीस्थित आइडियल बहुआयामिक क्याम्पस, मलेखुको जयवागेश्वरी क्याम्पस, नीलकण्ठको नीलकण्ठ बहुआयामिक क्याम्पस र गजुरी प्राविधिक विद्यालयलाई दुई लाख ८० हजार नेपाली रुपैयाँ सहयोग गरेको उल्लेख गरेको छ ।

तर, सिद्धलेक गाउँपालिकाले शैक्षिक वर्षमा प्राविधिक शिक्षा नपाएका माध्यमिक तहका विद्यार्थीलाई छात्रवृत्ति वितरणमा ढिलाइ हुँदा यस कार्यक्रमअन्तर्गत बजेटको अभाव भएको थियो ।

यो समस्यालाई हलगर्न नगरपालिकाका अध्यक्ष परशुराम खतिवडाको नेतृत्वमा नगरपालिकाले समिति गठन गरी असार ३ गतेसम्म छात्रवृत्तिका लागि आवेदन दिएका माध्यमिक तहका ४२ विद्यार्थीमध्ये २० जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको थियो ।

कार्यविधिमा इन्जिनियरिङ, चिकित्सासास्त्र, बीएससी नर्सिङ, वन, कृषि भेटेनरी आदिलाई दिने भनिएकोमा प्राविधिक विषय नै नभएको आदर्श बहुमुखी क्याम्पसमा अध्यक्षन गर्ने ६ जना छन् ।

प्लस टुपछि दिने छात्रवृत्तिमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ८ जनालाई दिने सिफारिस छ भने प्राविधिक विषयमा अध्यायन गर्नेलाई दिने कार्यविधिमा स्पष्ट भए पनि ६ जना त शिक्षा संकायमा रहेको छनोट समितिले सार्वजनिक गरेको नाममा उल्लेख छ ।

छात्रवृत्ति छनोट समितिले छानेको नामका २० जनालाई ५०/५० हजार रुपियाँ उपलब्ध गराउनका लागि पालिकाले तयारी गर्दै बैंक खाता खोलेर आउन मंगलबार छात्रवृत्ति दिन बोलाइएकाहरुलाई पठाइएको प्रमुख प्रशासकीय अधिकृत राजन फुयालले बताए । कार्यविधि र छनोट भएकाहरुको विषय फरक परेको अवस्थामा पछि कार्यविधि सच्याउने पनि फुयालको भनाइ छ ।

शिक्षा समितिका सदस्य एवं वडा अध्यक्ष झकबहादुर थापामगरले हतारमा कार्यविधि पारित गरिएको र छलफल नभएको अहिले वितरण गरिने छात्रवृत्तिबारे कार्यपालिकामा छलफल नभएको बताएका छन भने गाउँपालिका अध्यक्ष परशुराम खतिवडालाई पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

नगरपालिकाले वैशाख २५ गते सात दिनभित्र छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको घोषणा गरे पनि छात्रवृत्ति वितरणबारे जानकारी नपाएका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीले छात्रवृत्ति पाउँन नसकेको उल्लेख छ ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्