एसईईमा कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ? | Education Patra

एसईईमा कुन ग्रेड ल्याउनेले के विषय पढ्न पाउँछन् ?


एजुकेशनपत्र,  काठमाण्डौं । काठमाडौं स् राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले जीपीए र प्राप्त ग्रेडका आधारमा कक्षा ११ मा कुन–कुन विषयमा पढ्न सकिन्छ भन्ने जानकारी दिएको छ ।

न्यूनतम २ जीपीए ल्याएका विद्यार्थीले समेत विज्ञान समूहका विषय पढ्न पाउँछन् । विज्ञान समूहमा भौतिकशास्त्र, रसायन विज्ञान, जीवविज्ञान, गणित, कम्प्युटर विज्ञान, कृषि र पशु विज्ञान विषयहरू पढाइन्छ। तर, विज्ञान र गणित विषयमा ‘सी प्लस’ ग्रेड चाहिन्छ।

त्यस्तै अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा ‘डी प्लस’ ग्रेड आवश्यक पर्छ । आफ्नो सम्बन्धित विषयमा कुनै पनि ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले व्यावसायिक विषयहरूको आधारभूत तहको अध्ययन गर्न सक्छन्।

यसैगरी विषयअनुसार जस्तोसुकै ग्रेड ल्याए पनि न्यूनतम् जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूह पढ्न पाउँछन् ।यसमा एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, र कम्प्युटर इन्जिनियरिङ जस्ता विषयहरू समावेश छन्।
मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ ।

SEE-2

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्