विदेशमा अध्ययन गर्ने मानसिकता परिवर्तन गर्न अर्थमन्त्रीको आग्रह | Education Patra

विदेशमा अध्ययन गर्ने मानसिकता परिवर्तन गर्न अर्थमन्त्रीको आग्रह


एजुकेशनपत्र, काठमाण्डौं । नेपाल पब्लिक क्याम्पस एशोसिएशनको ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशरण महतले वैदेशिक अध्ययनलाई जोड दिने नेपाली मानसिकतामा परिर्वतन गर्नुपर्ने कुरामा जोड दिएका छन।

विदेशमा शिक्षा हासिल गर्दा परिवारमा पर्ने आर्थिक भार र विदेशमा हुदाँ हुन सक्ने सम्भावित कमी कमजोरीप्रति मन्त्रीले चिन्ता व्यक्त गरेका छन।मन्त्री महतले विदेशमा गरिने अध्ययनले उच्च शिक्षा र समृद्ध भविष्यको ग्यारेन्टी हुने धारणालाई पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

उनले विद्यार्थी विदेश गएपछि आर्थिक जिम्मेवारी निकै बढेको र परिवारका हरेक पक्षमा सफलताको ग्यारेन्टी नहुनेमा कुरामा जोड दिए । यस प्रकारको कार्यलाई उल्टाउन आवश्यक छ, उनले भनेका छन।

विदेश अध्ययनको आफ्नै अनुभव सुनाउँदै मन्त्रीले भने, विदेश जाने कुरा विरलै हुने गरेको थियो । पूर्ण छात्रवृत्ति प्राप्त भएमा विदेश पढन जानु उचित छ तर पैशा तिरेर जानु हाम्रो आयस्रोतले धान्दैन ।

मन्त्री महतले लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भई शिक्षा क्षेत्रमा आफूले भोग्नुपरेको चुनौती पनि सुनाए भने उनले नेपाल विद्यार्थी संघको नेतृत्व र लोकतन्त्रको वकालतमा संलग्न भएकाले वैदेशिक अध्ययनका लागि राहदानी लिन सुरुमा असम्भव भएको खुलासा गरेका छन ।

मन्त्री महतले देशभर, विशेष गरी दुर्गम क्षेत्रमा सीमित स्रोतसाधन भएका सार्वजनिक क्याम्पसहरूको उपस्थितिको प्रशंसा गरे । यी संस्थाहरूलाई सहयोग गर्न अनुदान उपलब्ध गराउन सरकारको प्रयास रहेको बताएका छन।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्