एजुकेशनपत्र, काठमाण्डौं । कागेश्वरी मनोहरा–१ गगलफेदीस्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा १६ हजार घुससहित पक्राउ परेका छन् ।
गगलफेदी बसपार्कमा रिजाल र थापा घुससहित रंगेहात पक्राउ परेका हुन् । अख्तियारका प्रवक्ता भोला दाहालले पक्राउको पुष्टि गर्दै अहिले विस्तृत अनुसन्धान भइरहेको बताए ।
शिक्षा क्षेत्रमा हुने भ्रष्टाचार शैक्षिक प्रणालीको प्रगति र अखण्डतामा बाधा पु¥याउने गम्भीर अपराध हो । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको गिरफ्तारीले शिक्षा क्षेत्रमा हुने गरेका गैरकानूनी कार्यको पर्दाफास गरेको छ ।