नेपालमै देशमै पहिलो पटक चिया सम्बन्धी अध्ययन हुने | Education Patra

नेपालमै देशमै पहिलो पटक चिया सम्बन्धी अध्ययन हुने


एजुकेशनपत्र, इलाम । नेपालको चिया उद्योगको महत्वपूर्ण विकासका लागि देशमै पहिलो पटक चिया सम्बन्धी अध्ययन हुने भएको छ । इलामको संखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक विद्यालयले नेपालको चिया इतिहासमा कोसेढुङ्गा कायम गर्दै यसै वर्षदेखि चिया प्रविधिमा कक्षा संचालन गर्ने तयारी गरेको छ ।

शिक्षण संस्थाका प्रमुख दीपक खनालले प्रि(डिप्लोमा तहमा चिया प्रविधिसम्बन्धी कक्षालाई प्रशिक्षु मोडालिटीमा सञ्चालन गर्ने बताएका छन। चिया प्रविधिको अध्ययनमा केन्द्रित रहेको दुई वर्षे पाठ्यक्रमले यसअघि नै पाठ्यक्रम विकास तथा मानकीकरण महाशाखा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट स्वीकृति प्राप्त गरिसकेको छ ।

‘स्वीकृति पाएलगत्तै कक्षा सुरु गर्न तयार छौं,’ प्रधानाध्यापक खनालले भने । शैक्षिक कार्यक्रम विद्यालयमा तीन महिनाको सैद्धान्तिक सिकाइ र त्यसपछि चिया उद्योगमा प्रयोगात्मक तालिमबाट सुरु हुनेछ । प्राथमिक उद्देश्य भनेको माध्यमिक शिक्षा परीक्षा एसईई पूरा गरेका विद्यार्थीहरुलाई यस कार्यक्रममा भर्ना हुन प्रोत्साहित गर्नु हो। चिया प्रविधि कार्यक्रममा करिब २० देखि ४० विद्यार्थी भर्ना हुने अपेक्षा गरिएको छ।

प्रिन्सिपल खनालले स्थानीयरुपमा जनशक्ति विकासको महत्वलाई जोड दिँदै भने, ‘नेपालभित्रै दक्ष जनशक्ति उत्पादन गर्न सके त्यसको प्रभावकारी उपयोग हाम्रो देशको उदीयमान चिया उद्योगमा गर्न सकिन्छ । हाल नेपाल उच्च गुणस्तरको चिया उत्पादन गर्नको लागि भारतबाट दक्ष प्राविधिक आयात गरिरहेको छ ।’

कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले यस वर्ष विद्यार्थीलाई नि:स्शुल्क अध्ययन गर्न दिने गरी चिया प्रविधि सिकाउन आर्थिक रुपमा सहयोग गरेको छ । यस कार्यलाई केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले स्वागत गरेका छन् । साथै उनले प्राथमिक चिया उत्पादन गर्ने क्षेत्र इलाममा चिया प्रविधि सिकाउँदा उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास समेत व्यक्त गरेका छन् । राईले भने, ‘विश्वव्यापी ररुपमा स्वर्ण पदक जित्न सफल चर्चित नेपाली चियालाई निरन्तर रुपमा उच्च गुणस्तरको चिया उत्पादन गर्न दक्ष जनशक्ति चाहिन्छ।’

इलाममा सन् १९२० देखिको नेपालमा चिया खेतीको लामो इतिहास भएता पनि देशभित्र चिया प्रविधिमा कुनै औपचारिक शिक्षा उपलब्ध हुन सकेको छैन। यस कार्यक्रमको शुरुवातसँगै नेपालले चिया उद्योगमा फस्टाउन र गुणस्तरीय चियाको स्वदेशी तथा अन्तर्राष्ट्रिय स्तरमा बढ्दो मागलाई पूरा गर्न आवश्यक विज्ञतासहितको आफ्नै जनशक्ति उत्पादन गर्नेतर्फ महत्वपूर्ण कदम चालेको छ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्