अवैध रुपमा विद्यालयको माटो बिक्री गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Education Patra

अवैध रुपमा विद्यालयको माटो बिक्री गरेको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


एजुकेशनपत्र, काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर लालझाडी गाउँपालिका वडा नं. ४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको माटो अवैध बिक्रीमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरी कानुनी कारबाही गरेको छ ।

आयोगले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लक्ष्मण राणा, प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा, न्यू भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध वैजनाथका सञ्चालक धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालयको माटो गैरकानूनी रूपमा उत्खनन गरी स्थानीय इँटा उद्योगलाई बिक्री गरेर भ्रष्टचारमा संलग्न रहेको आरोप उनीहरु माथि लागेको छ।

अख्तियारले भ्रष्टाचार ऐनमा संलग्न दोषीलाई उचित सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आरोपपत्रमा उल्लेख भएका प्रतिवादीहरुलाई विद्यालयको माटो अवैध बिक्री सम्बन्धी भ्रष्टाचारमा संलग्न भएको भन्दै जवाफदेही बनाइएको छ ।

आर्थिक वर्ष २०७६र०७७ मा र आ.व. २०७७र०७८ मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची(६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची(६ ले तोके बमोजिमको करबापतको माटोको जम्मा रकम रु.७,२९,५१४.५० (सात लाख उनन्तीस हजार पाँच सय चौध रुपैयाँ पचास पैसा) बराबरको सरकारी रकम हिनामिनारहानि नोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेका देहायबमोजिमका प्रतिवादीहरू उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छु, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले राणा र बोहराबाट ७,३९,५१४.५०, भाटबाट ४,११,६०६, र विष्टबाट ३,१७,९०८.५० रुपैयाँ मागबादी गरिएको थप जानकारी दिनुभयो ।

अब यो मुद्दा कानुनी प्रकृया मार्फत अघि बढ्नेछ र अभियुक्तहरुले आफूमाथि लगाइएको अभियोग विरुद्ध आफ्नो प्रतिरक्षा गर्ने अवसर भने पाउनेछन्।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्