के ले खायो उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन ? | Education Patra

के ले खायो उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन ?


एजुेकशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आफूले आफूले नपाएको बताएका छन् ।

‘मैले मन्त्री भएपछि एक पटक होइन दुई पटक, तीन पटक मागेँ, भेटिएको छैन, दराजमा कतै मिसिङ भएको हुन सक्छ । प्राप्त भएको छैन सिस्टमबाट । खोजी भइरहेको छ’ मन्त्री राईले भने ।

०७५ मा तत्कालीन सरकारले तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा २४ सदस्यीय ‘उच्च स्तरीय शिक्षा आयोग’ गठन गरेको थियो । आयोगले नेपालको समग्र शिक्षासम्बन्धी खाकासहितको प्रतिवेदन ०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो ।

राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन नहुँदा मन्त्रालयभित्रका महत्त्वपूर्ण शैक्षिक दस्तावेज गुमनाम हुँदा सरकारका कागजात कहाँ जान्छन भन्ने सरोकारवालामा चिन्ता बढेको छ ।

‘त्यो प्रधानमन्त्रीलाई होइन सिस्टमलाई बुझाएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयले प्रतिवेदन सुरक्षित राख्ने र शिक्षा मन्त्रालयलाई पठाउनुपर्ने हो’ मन्त्री राईले भने ।

मन्त्री राईले प्रतिवेदनलाई प्रधानमन्त्री कार्यालयले सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्