बच्चा पढ्न–लेख्न मन गर्दैनन् ? तीन कारण थाहा पाउनुहोस्, फेर्नुहोस् आफ्नो व्यवहार | Education Patra

बच्चा पढ्न–लेख्न मन गर्दैनन् ? तीन कारण थाहा पाउनुहोस्, फेर्नुहोस् आफ्नो व्यवहार


एजुेकशनपत्र, काठमाण्डौं । ‘बच्चा होमवर्क गर्नै मान्दैनन्, पढ्न बस्यो कि त विभिन्न बहाना बनाउने, रुने, कराउने आदि गर्छन्, बच्चालाई पढाउन साह्रै गाह्रो ।’ तपाईंहरु मध्ये कतिलाई यो वाक्य आफ्नै हो जस्तो लाग्यो ?

पढ्न मन लागेन ? वा बच्चाले पढ्न अल्छि गरे भने अपनाउनुहोस् यी उपाय - क्यानडा  नेपाल :: CNNepal : A Prominent News Portal

बच्चालाई पढ्न तयार बनाउनु एउटा ठुलो काम हो जस्तो धेरैलाई लाग्न सक्छ । अझ कति आमाबुवाले त ‘बच्चाले कक्षामा ध्यान नै दिँदैन’ भनेर शिक्षक शिक्षिकाको गुनासो पनि सुन्नुपर्छ । यस्तो गुनासोले अभिभावकलाई तनावमा त पार्छ नै यसले बच्चालाई पनि एक किसिमको दबाबमा पार्छ । त्यसपछि किताब, कक्षा, पढाई यी सबैलाई बच्चाले तनावको रूपमा हेर्न थाल्छन् । त्यसैले उनीहरू यस्तो माहौलबाट भाग्न थाल्छन्, पढ्न मन नै गर्दैनन्, केही नयाँ सिक्ने आत्मविश्वास पनि गुमाउँछन् । यो साँच्चै नै उनीहरूको उमेरको हिसाबले एक चुनौतीपूर्ण काम हो ।

यी कारणले बच्चा पढ्न चाहँदैनन्

भारतकी पेरेन्टिङ एक्सपर्ट इशिना बी. सादानाले सोसल मिडियामा एउटा पोस्ट गरेर बच्चा खासमा किन पढ्न चाहँदैनन् भनेर जानकारी दिएकी छिन् । तपाईंले बच्चालाई पढाउने बेला कुरै पिच्छे गाली गर्न थाल्नुभयो वा रिसाउनुभयो भने घरको वातावरण नकारात्मक र तनावपूर्ण हुनेछ । त्यसैले बच्चाले पढाइमा ध्यान दिन पाउँदैनन् र यसमा मन लगाउन सक्दैनन् ।

बच्चालाई यस्तो हुनबाट जोगाउने आमाबुवाले आफ्नो व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ । सबैभन्दा पहिला तपाईंले के गर्नुपर्छ भने पढाइमा चिन्ता र तनावलाई नजोड्नुहोस् । पढ्ने बेला आफूलाई शान्त राख्नुहोस् । बच्चासँग रिसाउँदिन भनेर सङ्कल्प गर्नुहोस् । आफ्नो हाउभाउलाई पनि तपाईंले याद गर्नुहोस्

एजेन्सी

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्