विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र | Education Patra

विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र


हेटौँडा। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले प्रतिनिधि सभामा पेस हुन बाँकी रहेकाे विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ ।

blog

महासङ्घले बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई बुधबार पाँचबुँदे सुझावसहित ध्यानाकर्षणपत्र बुझाएको हो । मन्त्री मोक्तानले ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित निकायमा पत्र पठाउने र प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको बताउनुभयो ।

सङ्घीय शिक्षा ऐन जारी गर्न प्रदेश सरकारका तर्फबाट पनि आवश्यक पहल गर्न माग गर्दै महासङ्घ नेपालले बागमती प्रदेश सरकारसमक्ष ध्यानाकर्षण गराएको थियो । सरोकारवालासँग छलफल र परामर्शबिनै विधेयकको मस्यौदा तयार पारिएको भन्दै महासङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विधेयकको मस्यौदामा विद्यालय व्यवस्थापन समितिसम्बन्धी व्यवस्था त्रुटिपूर्ण रहेको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनै पनि सहभागिता, संलग्नता र भूमिका नरहने बुझिएको उल्लेख गर्दै विद्यालय व्यवस्थापन समिति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विधेयकको मस्यौदामा वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने व्यवस्थाले सामुदायिक विद्यालयको मर्ममाथि प्रहार भएको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावक तथा समुदायको सहभागिताको अधिकारमाथि हस्तक्षेप भएको, सामुदायिक विद्यालय अभिभावक, सामुदायको हातबाट खोस्ने प्रयास भएको र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई नै कमजोर बनाउने देखिएको महासङ्घका सचिव मोहमद समिमले बताउनुभयो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्