नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गरेका थिए ।
समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठी सहभागी रहेका थिए । झण्डै १२ वर्षपछि दीक्षान्त समारोह आयोजना गरिएको हो ।
समारोहमा विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल संस्कृत विश्वविद्यालय स्थापनाबारे प्रकाश पारेका थिए । संसारभर मानवता, विश्वशान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउन भूमिका निर्वाह गर्न उनले दीक्षित छात्रछात्रालाई आग्रह गर्नुभयो । मन्त्री राईले कुनै जाति, वर्ग, समुदाय र पक्षसँग मात्र सम्बन्धित नभई संस्कृत वाङ्मय सबैको साझा सम्पत्ति भएका बताए ।
समारोहमा विश्वविद्यालयका उ