‘पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार’
जनादेश, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको सपना साकार पार्ने बाटामा सरकारले महत्वपूर्ण काम गरेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ आँैं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले अहिलेको नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको बताउनुभएको छ ।
उहाँले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकामा जोड दिनुभएको छ । ‘‘विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ । पार्टीले करीब दुईतिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’’, उहाँले भन्नुभएको छ, ‘‘ पुष्पलालको जुन साङ्गठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरै हदसम्म पूरा गरेका छौंँ ।’’
प्रधानमन्त्री ओलीले पुष्पलालकै अगुवाइमा कम्युनिष्ट आन्दोलनको संस्था