Jandesh Nepal, Author at Education Patra | Page 120 of 173

Author: Jandesh Nepal

जोखिम छल्दै, परम्परा धान्दैःघण्टाकर्ण पर्व मनाइयो

जोखिम छल्दै, परम्परा धान्दैःघण्टाकर्ण पर्व मनाइयो

Uncategorized
– रामबहादुर थापा बागलुङ,  (रासस) : यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ । कोरोनाको जोखिम हुन नदिन सुरक्षा सावधानीसहित घण्टाकर्ण पर्व मनाइएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले बताउनुभयो । “परम्परा त जेनतेन धान्नै प¥यो”, उहाँले भन्नुभयो, “भीडभाड नगरी पर्व मनायौँ ।” कोरोनाकै कारण बागलुङ नगरपालिका–३ बुद्धचोकमा मात्र घण्टाकर्ण निकालिएको सचिव शाक्यको भनाइ छ । पहिले–पहिले बागलुङ बजारका चोकचोकमा घण्टाकर्ण निकाल्ने गरिन्थ्यो । यसै त परम्परा जोगाउनै धौधौ परेका बेला कोरोना महामारीले थप प्रतिकूलता सिर्जना गरेको छ । घण्टाकर्ण नाम गरेको नरभक्षी राक्षसको स्वरूप बनाई दिनभर बुद्धचोकमा उभ्याइएको थियो । मक
रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा

रोहिणी र डुडुवाखोलाको कटानले बस्ती जोखिममा

Uncategorized
राँझा, रासस : बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाको तीन गाउँ जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायतका गाउँ जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नं ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन् । खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ । डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतको भनाइ छ । केही दिन
फरार दुई व्यक्ति पाँच महिनापछि पक्राउ

फरार दुई व्यक्ति पाँच महिनापछि पक्राउ

Uncategorized
भक्तपुर, ६ साउन (रासस) : बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । प्रतिभा नायभा श्रेष्ठको जाहेरीे रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले विसं २०७६ माघ २७ गते पाँच दिन कैद र रु छ लाख ९६ हजार १०० जरिवाना पैmसला गरेकामा फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले सोमबार पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडाँै पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । त्यसैगरी विश्वराम लवजु चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ३९