Jandesh Nepal, Author at Education Patra | Page 124 of 173

Author: Jandesh Nepal

रोजगारीका लागि युवालाई निवेदन दिन माग

रोजगारीका लागि युवालाई निवेदन दिन माग

Uncategorized
जनादेश , रासस ः काठमाडौँ । सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा शाखा अधिकृत कृष्ण पौडेलले जानकारी दिनुभयो छ । यही साउन ८ गतेदेखि भदौ ७ गतेसम्म रोजगार केन्द्रमा सूचीकरणका लागि निवेदन दिनुपर्ने छ । बेरोजगार युवाले रोजगार हुनका लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई सूचीकरण गर्नुपर्नेछ । यसरी सूचीकरणका लागि निवेदन दिएका युवाले रोजगार व्यवस्थापन सूचना प्रणालीले ती युवाको छनोट गर्नेछ । उहाँका अनुसार मन्त्रालयका रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा
स्वदेश फर्किए कोभिडि–१९ कारण अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली

स्वदेश फर्किए कोभिडि–१९ कारण अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली

Uncategorized
जनादेश, रासस । काठमाण्डौ । कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका छन् भने आज मात्रै ५५८ नेपाली घर फर्किएका छन् । यीमध्ये सबैभन्दा धेरै यूएईबाट सात हजार ६१७, कुवेतबाट पाँच हजार ५४९, साउदी अरेबियाबाट पाँच हजार ४४, मलेसियाबाट तीन हजार ७३० र कतारबाट तीन हजार ६३३ स्वदेश फर्किएका छन् । प्रदेशगत हिसाबले सबैभन्दा बढी बागमती प्रदेशका नौ हजार ८७, प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रद
रक्तदान

रक्तदान

Uncategorized
रोटरी क्लब तिलोत्तमालगायत क्लबको संयुक्त आयोजनामा सोमबार बुटवलमा आयोजित रक्तदान कार्यक्रममा सहभागी रक्तदाता । तस्वीरः भरत केसी/रासस
आन्तरिक रोजगारी सिर्जना गर्न विश्व बैंकको सहयोगमा युवारुप परियोजना शुभारम्भ

आन्तरिक रोजगारी सिर्जना गर्न विश्व बैंकको सहयोगमा युवारुप परियोजना शुभारम्भ

Uncategorized
काठमाडौँ,  रासस आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विश्व बैंकको ऋण सहयोगमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) को शुभारम्भ गरिएको छ । आर्थिक रुपमा विपन्न बेरोजगार युवालाई रोजगारीका अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्यका साथ सञ्चालित आयोजनाको आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलङ्कका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन हुने यस आयोजनाको कूल रकम १२० मिलियन अमेरिकी डलर (करिब रु १४ अर्ब) रहेको छ । सो अवसरमा मन्त्री यादवले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको सङ्कुचनले न
रु ३९ अर्बको विदेशी लगानी प्रतिबद्धता

रु ३९ अर्बको विदेशी लगानी प्रतिबद्धता

Uncategorized
जनादेश/रासस : काठमाडौँ । उद्योग क्षेत्रमा गत आर्थिक वर्ष २०७६/०७७ का लागि रु ३९ अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । दुई सय २६ उद्योगमा रु ३८ अर्ब ६५ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्ये सबैभन्दा धेरै चीन सरकारबाट आएको छ । चीनबाट १७४ उद्योगमा रु २५ अर्ब ५७ करोड प्रतिबद्धता आएको विभागका प्रवक्ता विनोदकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार चीनपछि भारतबाट १६ उद्योगमा रु तीन अर्ब ५७ करोड लगानी प्रतिबद्धता आएको छ । दुई सय २६ उद्योगका लागि विभिन्न १७ देशबाट लगानी प्रतिबद्धता आएको जनाइएको छ । विभागका प्रवक्ता खड्काका अनुसार उद्योगको सङ्ख्यामा कमी आएता पनि लगानीमा वृद्धि भएको छ । कुन क्षेत्रमा कति लगानी विभागमा प्रतिबद्धता आएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आएता पनि पर्यटन क्षेत्रमा धेरै उद्योग रह
दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

Uncategorized
काठमाडौँ,  (रासस) : धितोपत्र बजारमा आइतबार उच्च अङ्कको वृद्धि देखिएको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । कारोबार शुरु भएको एक मिनेट पनि नबित्दै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजारमा दोस्रो पटक पनि सर्किट ब्रेक लागेको थियो । शुरुआती समयमा उच्च वृद्धि देखिए पनि अन्त्यसम्म नेप्सेको वृद्धि टिक्न सकेन । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.०९ अङ्कले घटेर एक हजार ४६४.९४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.८४ अङ्कले घटेर ३०९.६० मा झरेको छ । आज कूल १८१ कम्पनीका ७० लाख एक हजार २५८ कित्ता शेयर रु दुई अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ मा खरिदविक्री भए । कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर मात्र बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । बैंकिङ ३.१४, विकास बैंक १६.९३, वित्त १.१५ र सामूहिक लगानी कोष ०.०१ ले ब
टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु

टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु

Main News
काठमाडौँ,(रासस) ः नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । निर्णयानुसार टेलिकमले मुलुकको सङ्घीय संरचनाबमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौँ बागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने भएको छ । टेलिकमले आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई सङ्घीय संरचनानुसार नेपाल ट
दाङमा बजार खोल्ने निर्धारित समय हटाईयो

दाङमा बजार खोल्ने निर्धारित समय हटाईयो

Uncategorized
चन्द्रप्रकाश नेपाली घोराही । साउन कोरोना संक्रमण रोकथामका लागि भन्दै दाङमा निर्धारण गरिएको बजार खोल्ने समय हटाईएको छ । कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकले बजार खोल्ने निर्धारित समय हटाई सामान्यरुपमा बजार खुल्ला राख्ने निर्णय गरेको हो । यस अघि बेलुका ५ बजे पछि बजार बन्द हुदै आएको थियो । कोरोना संक्रमण फैलन नदिन भन्दै समितिले बेलुका ५ बजे पछि बजार बन्द गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको थियो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले यस अघि तोकिएको ५ बजे बजार बन्द गर्ने समय हटाउदै सामान्यरुपमा पसलहरु खुल्ला राख्ने निर्णय गरेको हो । तर सिनेमा हल, होटल, रेष्टुरेन्ट, सैलुन, जिम हल भने बन्द नै रहने छन्।
पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध

Main News
जनादेश, काठमाण्डौ । आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । उहाँले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताउनुभयो । जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिनुभयो । उहाँले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताउनुभयो ।
उपत्यकामा थप तीनजनामा कोरोना संक्रमण

उपत्यकामा थप तीनजनामा कोरोना संक्रमण

Uncategorized
जनादेश, काठमाण्डौ । काठमाडौं उपत्यकामा थप तीनजनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा काठमाडौंमा दुई र ललितपुरमा एकजनामा कोरोना संक्रमण भएको जनाएको छ । न्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १ सय ८६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । देशभर संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना पुगेको छ । संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना उपचारपछि घर फर्किएका छन् भने ४० जनाको ज्यान गएको छ ।