Jandesh Nepal, Author at Education Patra | Page 125 of 173

Author: Jandesh Nepal

गिट्टी कुट्दै बालबालिका

गिट्टी कुट्दै बालबालिका

Uncategorized
बन्दाबन्दीको समयमा व्यास गाउँपालिकाका विद्यार्थी गिट्टी कुटेर समय विताउँदै । विद्यालयमा पठनपाठन नहुने भएपछि गाउँघरमा बालबालिका अभिभावकसँगै गिट्टी कुटेर समय बिताउँदैछन् । तस्वीर ः नरेन्द्रसिंह कार्की, रासस
नङ्गको श्रृङ्गार

नङ्गको श्रृङ्गार

Uncategorized
पोखराको न्यूरोडस्थित गुरुङ व्युटीपार्लरमा नेल आर्ट गर्दै युवती । पछिल्लो समय नेल आर्ट (नङ्गको श्रृङ्गार) युवतीहरुमा लोकप्रिय बन्दै गएको छ । तस्वीर ः जमुना वर्षा शर्मा, रासस
थाक्रामा मकै

थाक्रामा मकै

Uncategorized
कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो । तस्वीरः शेरबहादुर सिंह/रासस
नागेश्वरमा भक्तजनको भीड

नागेश्वरमा भक्तजनको भीड

Uncategorized
काठमाडौँ, (रासस)ः कामपा–३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानदेखि नै घुइँचो लागेको छ । सामाजिक दूरी कायम गरेर मन्दिरमा दर्शनार्थ आएका श्रद्धालु भक्तजनको लाम चारै ढोकामा लगाई छिटोछिटो दर्शन गर्ने व्यवस्था मिलाइएको छ । मन्दिरमा आइसकेका भक्तलाई असुविधा नहुने गरी विशेष व्यवस्था मिलाइएको छ । नागेश्वरको दर्शन गर्नाले मानिसको साह्रै कष्ट पनि नाश हुन्छ भन्ने मान्यता रहिआएको नागेश्वर महादेव व्यवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो । विसं १८८१ मा स्थापित नागेश्वर शिवालय सरदार बााक्सिङ रायले स्थापना गरेका हुन् । चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सो मन्दिर परिसरमा धर्मशाला, ढुङ्गेधारा, गौचरण, बगैंचा आदि छन् । त्रिभुवन विमानस्थल विस्तारका क्रममा अधिग्रहणमा परेपछि त्यहाँको शिवलिङ्ग स्थानान्तरण गरिएको हो । मन्दिरमा बिहान
डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

डोजर ट्रयाक्टर निकुञ्जको नियन्त्रणमा

Uncategorized
जनादेश,रासस ः डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्र्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका– ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकूद मैदानका लागि प्रयोग गरिएका कामदारसहित डोजर ट्र्याक्टर र चालक नियन्त्रणमा लिइएको हो । ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिइ खेलकूद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई नियन्त्रणमा लिएको निकुञ्जले जानकारी दिएको छ । “खेलकूद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, नीतिनियमविपरीत वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिइ काम शुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार, उपकरण सबै नियन्त्रणमा लिएका हौ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भन्नुभयो । “नदीले कटान गरेको दुवैतिरको भूभाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमतिविपरीत म