Jandesh Nepal, Author at Education Patra | Page 127 of 173

Author: Jandesh Nepal

डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

International
दी हेग,  (रासस–एएफपी) नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो । डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिनुभयो । हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन । डच सैनिकहरुले हेलिकप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन् । सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिनुभएको छ ।
भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

International
(रासस /एएनआई)ः भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४९७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि ३ लाख ९० हजार ४५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन् । कोरोनाब
अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु

International
(रासस/सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी दुई दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको यहाँका उपप्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । उनकाअनुसार सो प्रान्तको क्वाजाक क्षेत्रमा रहेको एक सुरक्षा चौकीमा ठूलो संख्याका तालिबानीहरुले सोमबार बिहान आक्रमण गरेका थिए । उक्त आक्रमणपछि भएको दुवै पक्षको दोहोरो गोली हानाहानमा परी १२ जना सुरक्षाकर्मी मारिएका र अरु १० जना नराम्ररी घाइते पनि भएका छन् । त्यसैगरी सो कारबाहीका क्रममा एक दर्जनभन्दा बढी तालिबान लडाकू मारिएका हुन् । सोही प्रान्तमा तीन दिनअघि मात्र अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरुमा सबैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

International
ब्रसेल्स, (रासस-एएफपी)  कोरोनाभाइरसका कारण संकटमा परेका युरोपेली मुलुकहरुको आर्थिक उत्थानका लागि अघि सारिएको ८ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरु पुनः सोमबार वार्तामा बस्न लागेका छन् । यस शिखर बैठकमा युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी हुनुहुन्छ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देशहरुमा स्पेन, इटाली समेतका बहुसंख्यक युरोपेली देशहरु पनि रहेका छन् । युरोपमा मात्र कोरोनाभाइरसका कारण दुई लाखभन्दा बढीको मृत्यु भएको थियो । तर शिखर बैठकमा नेताहरुबीच प्रस्तावित योजना र रकमको बाँडफाँडका विषयमा मतैक्य हुन सकेको छैन । युरोपेली युनियनले तयार पारेको प्रस्तावमा अनुदान र ऋणको भारका विषयमा युरोपेली नेताहरुबीच फरक फरक धारणा छ । नेताहरुबीच मतैक्य हुन नसकेपछि निराश हुनु भएका युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिचेलले सहभागी नेताहरुलाई युरोप
विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ८ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ८ हजार नाघ्यो

International
जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) ः विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख
टिकटकको मुख्यालय लन्डनमा रहने

टिकटकको मुख्यालय लन्डनमा रहने

Science and Technology
एजेन्सी । बेइजिङ-विगत केही महिनादेखि टिकटकले बेलायत सरकारसँग आफ्नो मुख्यालय लन्डनमा राख्ने विषयमा छलफल गरिरहेको विषयसँग जानकार स्रोतले जनाएको छ । यसलाई चिनियाँ स्वामित्वबाट आफुलाई परै राख्ने रणनीतिको अंशको रुपमा हेरिएको छ । कम्पनीको बिचारमा रहेका विभिन्न थलो मध्ये लन्डन पनि एक भएको तर निर्णय लिइनसकेको स्रोतले जनाएको छ । बिमर्शमा अन्य थलो पनि रहेको विषयमा तत्काल स्पष्ट हुन सकेको छैन । टिकटकले यसै वर्ष क्यालिफोर्नियामा मुख्यालय बनाउने विषयलाई पनि आक्रामक रुपमा प्रस्तुत गरेको थियो । कम्पनीले वाल्ट डिज्नीका पूर्व सह कार्यकारी केभिन मेयरलाई टिकटकको प्रमुख कार्यकारी बनाउन सक्ने पनि बताएको छ । उनी अमेरिकामा बस्दै आएका छन् । चीनले प्रयोगकर्ता (युजर) को डाटा प्रयोग गर्न सक्ने बाध्यकारी अवस्थाको सिर्जना गर्न सक्ने भन्दै टिकटकले वासिङटनको कडाईको सामना गर्दै आएको छ । टिकटक चीनमा रहेको बा
प्रचण्ड निकटको खुमलटार भेला : ध्रुवीकरण कि एकता ?

प्रचण्ड निकटको खुमलटार भेला : ध्रुवीकरण कि एकता ?

Uncategorized
जनादेश, काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निकट नेताहरुका वैठक खुमलटारमा बसेको छ । प्रधानमन्त्री ओली र पार्टी महासचिव विष्णु पौडेलले आफूलाई फसाउन र बदनाम गर्न शानिवार राती शितल निवास पुर्याएको भनी स्पष्टिकरण दिएका दाहालले प्रम ओलीलाई पनि भेट्ने र आफ्ना निकटस्थहरुलाई पनि आश्वस्त पारिरहने दुवै कार्यनीतिको प्रयोग गरिरहेका छन् । छलफलमा पूर्वमाओवादी पक्षधर स्थायी समिति सदस्यहरू रहेको बताइएको छ । गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट व्यक्तिगत समस्याका कारण उपस्थित हुन नसकेको बताइएको छ । अब के गर्ने भन्ने विषयमा रायसुझाव लिनका लागि अध्यक्ष प्रचण्डले नै यो बैठक बोलाएको भनिएको छ । पूर्वमाओवादी तर्फका स्थायी समिति सदस्य सबै प्रचण्ड–माधव नेपालको पक्षमा रहेको बताइँदै गर्दा गृहमन्त्री रामबहादुर थापा तथा उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट
बन्दाबन्दीले राजश्व सङ्कलनमा कमी

बन्दाबन्दीले राजश्व सङ्कलनमा कमी

Uncategorized
जनादेश, रासस महेन्द्रनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले गत आर्थिक वर्षमा रु २५ करोड ८४ लाख राजश्व संकलन भएको बताउनुभयो । केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढेपनि ६ महिनायता कोरोनाले राजश्व प्रभावित बनेको छ । “बन्दाबन्दीले यहाँका नाकाहरु अझै प्रभावित भएको छ”, निमित्त कार्यालय प्रमुख शर्माले रासससित भन्नुभयो, “अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।” गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी ह
झापामा अपराधका घटनामा कमी

झापामा अपराधका घटनामा कमी

Uncategorized
सुरुङ्गा (झापा), (रासस) : झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/०७६ मा घटेर एक हजार ४६४ वटा मात्र मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/०७७ मा अपराधका घटनामा अझ कमी आई एक हजार १७० वटा मात्र मुद्दा दर्ता भएका छन् । तीमध्ये कर्तव्य ज्यान १३ र ज्यान मार्ने उद्योगका २७ वटा घटना छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार पछिल्लो तीन वर्षमा झापामा घटेका चार हजार ३२१ घटनामध्ये तीन आर्थिक वर्षमा नै अभद्र व्यवहारका मुद्दा धेरै छन् । आर्थिक वर्ष २०७४/०७५ मा भन्दा २०७५/०७६ मा कूल मुद्दा दर्ता सङ्ख्या १३.२१ प्रतिशतले घटेको छ भने आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा
आज सुनचाँदीको मूल्य कति ?

आज सुनचाँदीको मूल्य कति ?

Uncategorized
जनादेश, काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार चाँदी तोलामा १ हजार ५ रुपैयाँमा किनबेच भएको थियो ।