प्यूठानमा सूचना प्रविधि विकासको सम्भावना .
प्यूठान जिल्ला प्राकृतिक मनोरम दृष्य, जलसम्पदा, खनिज, जडिबुटीको धनी र पवित्र तिर्थस्थल स्वार्गद्धारीका नामले परिचित छ । पूर्वाधार विकास निर्माण र अन्य विकासको कमी रहेको स्विजरल्याण्डको झल्को दिने प्यूठान राजनीतिक चेतनाका हिसाबले पनि नेपालकै अग्रपंक्तिमै आउँछ । रोल्पा, दाङ अर्घाखाँची, गुल्मी र बाग्लुङसँग सिमाना जोडिएको यो जिल्ला महेन्द्र राजमार्गबाट करिव ५५ किलोमिटर मात्र टाढा छ ।
प्यूठानमा, मट्टितेल, डिजल, पेट्रोल, फलाम, तामाको खानी रहेको भूगर्वविद् बताउँछन् । माडी र झिमरुक नदीहरुबाट धरै स्थानमा विधुत्त निकाल्न सकिन्छ । झिमरुक जलविद्युत्त परियोजना यसै जिल्लामा पर्दछ । नेपाल अधिराज्यमा लोडसेडिङ मुक्त जिल्ला प्यूठान मात्र हो । भारतद्धारा प्रस्तावित जलाशययूक्त नौमुरे जलविद्युत्त परियोजना पनि यसै जिल्लामा पर्दछ ।
प्युठान जिल्लाको सूचना प्रविधिको वर्तमान अवस्थालाई हेर्ने हो भने एफ.एम.