इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित
तेहरान ।
इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गर्नुभएको छ ।
उहाँलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन् । प्रवक्ता रबि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ ।
उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् । उनीहरुले उहाँलाई सङ्क्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन् ।
इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोनाभाइरसबाट दर्जनौ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् । सोमबारसम्म इरानमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी