Blog | Page 235 of 235 | Education Patra

Blog

हवाई मार्गबाट बुधबार स्वदेश फर्के एक हजार ३४२ जना

हवाई मार्गबाट बुधबार स्वदेश फर्के एक हजार ३४२ जना

Uncategorized
असार १७ गते, काठमाडौँ, । विदेशमा अलपत्र परेका विभिन्न मुलुकबाट बुधबार एक हजार ३४२ जना नेपाली नागरिक नेपाल फर्केका छन् । लकडाउनको समय भएपनि अत्यावश्यक स्थानीय उडान स्वदेशभित्र बुधबार आठ वटा उडान भएको विमानस्थलले जनाएको छ । त्रिभुवन विमानस्थलका अनुसार बुधबार कतारबाट २९७ जना मलेसियाबाट १३ जना, कुवेतबाट ३१९ जना, दुबईबाट ३०४ जना र विभिन्न मुलुकका मुख्य सहरअन्तर्गत रियादबाट २५७ जना, अबुधावीबाट १५२ जना नेपाली नागरिक स्वदेश फर्कनुभएको हो । त्यस्तै कतारबाट एक र रियादबाट ११ वटा नेपाली नागरिकको शव पनि ल्याइएकाे त्रिभुवन विमानस्थलले जनाएको छ ।
प्रतिनिधिसभाको बैठक स्थगित ः शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठक स्थगित ः शोक प्रस्ताव पारित

Uncategorized
आषाढ १७, काठमाडौ । दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । ०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित सदस्य हुन् ।

झम्सीखेलको रणनीतिक बैठकमा बादल पनि सहभागी

Uncategorized
आषाढ १७, काठमाडौं । केही दिनदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनको  शैलीप्रति विरोध जनाउँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसहितका नेताले दुबै पद छोड्न दबाब दिँदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरोधी समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ । बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवम गृहमन्त्री रामबहादुर थापा (बादल)बीच छलफल जारी छ । पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्ट भने बैठकमा सहभागी नभएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । बुधबार विहान आफूनिकट मन्त्रीसँग प्रधानमन्त्री ओलीले छलफल गरेपछि आफ्नो आगामी