Blog | Page 4 of 235 | Education Patra

Blog

नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकसरह बिमा सुविधा दिइने

नेपाली विद्यार्थीका परिवारलाई इजरायली नागरिकसरह बिमा सुविधा दिइने

Main News, Special News Highlights
धनगढी । नेपालका लागि इजरायली राजदूत हनान गोडरले बुधबार टीकापुरमा मृतक विद्यार्थीका परिवारलाई भेटेर हालै इजरायलमा हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई पनि इजरायली नागरिकसरह बिमा सुविधा दिइने बताएका छन् । मृतक परिवारका अभिभावकले राजदूतको टोलीसँग दुखेसो गरेका थिए । इजरायली राजदूतसहित दूतावासका प्रतिनिधिले इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारको कागजातसहित अभिलेख संकलन गरेका छन् । बिमा सुविधाको रकम परिवारको खातामा जम्मा हुने गरी व्यवस्था मिलाउने दूतावासका एक प्रतिनिधिले बताए । रकमबारे भने उल्लेख गरिएको छैन । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकायका विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये दस जना विद्यार्थीको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो ।
साइबर अपराध सम्बन्धी जान्नै पर्ने कुरा

साइबर अपराध सम्बन्धी जान्नै पर्ने कुरा

ICT News, Main News, Thought/Blog
डा. शैलेन्द्र गिरी, परिचयः # साइबर अपराधीहरुले कम्प्युटर सम्बन्धी उपकरण, मोवाइल, इन्टरनेटको प्रयोग गरी कुनै व्यक्ति, परिवार, समाज र राष्ट प्रति खलल पुर्याउने कार्यलाई साइबर अपराध भनिन्छ । # व्यक्ति, परिवार, आफन्त, इस्टमित्र, समाजका प्रतिष्ठीत व्यक्ति, व्यापारी, संस्था, राजनीतिक कर्मीहरु साइबर अपराधीहरुको पहिलो निसानामा पर्छन । # आफ्न्तको मानमर्दन गर्न, कुनै व्यक्तिको चरित्र हत्या गर्न, पुरानो रिसीइबी साध्न, आर्थिक लाभ प्राप्त गर्न अपराधीहरुले छदम भेषमा नक्कली फेसबुक आइडी बनाई विभिन्न हर्कत गर्दछन् । # सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेका छन् । # झुटा समाचार प्रेसित गर्ने, वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रय
जापानको एभरेष्ट इन्टिरनेस्नल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एमओयु सम्पन्न

जापानको एभरेष्ट इन्टिरनेस्नल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एमओयु सम्पन्न

Banner News, Main News, Special News Highlights
एजुेशनपत्र, काठमाण्डौं । जापानको टोकियोमा संचालीत एभरेष्ट इन्टिरनेस्नल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एमओयु सम्पन्न भएको छ । टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच एक आपसमा शैक्षिक अनुभव, ज्ञान, सीप र विद्यार्थी आदानप्रदान, सांस्कृतिक आदानप्रदान, अनुसन्धानमा सहयोग र भाषा शिक्षालाई अगाडी बढाउने गरी समझदारी पत्र (Memorandum of Understanding -MOU)मा हस्ताक्षर सम्पन्न भएको छ । २०८० कार्तिक २० गते  टोकियोमा आयोजित एक कार्यक्रमका बीच  जापानका लागि नेपाली राजदुत महामहिम डा. दुर्गाबहादुर सुवेदी र नेपालका संघीय सांसद माननीय तेजुलाल चौधरीको रोवहरमा उक्त समझदारी पत्रमा स्कूलको तर्फबाट प्रिन्सिपल श्री विष्णु भट्ट र कलेजको तर्फबाट अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हस्ताक्षर गर्नु भएको छ । एभरेष्ट इन्टरनेसनल स्कुलमा आयोजित कार्यक्रमका प्रम
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम खारेज किन?

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम खारेज किन?

Main News
तम्घास। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम पूर्णरुपमा कटौती हुँदा मर्का परेको गुल्मीका स्थानीय सरकारका जनप्रतिनिधिले गुनासो गरेका छन् । विगतका वर्षमा लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रममार्फत नगरपालिकालाई ७० लाख र गाउँपालिकालाई ६० लाख रुपियाँ शैक्षिक सुधार गर्नका लागि भन्दै स्थानीय सरकारलाई सिधै पठाउने गरेको थियो । सातौँ जिल्ला सभामा यस आर्थिक वर्षबाट कार्यक्रम पूर्णरुपमा कटौती भएपछि शैक्षिक सुधारमा मर्का पर्ने र सो कार्यक्रम ल्याउनमा पहल गर्नुपर्ने धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले माग गर्नुभयो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट विद्यालयहरु मर्मत, शैक्षिक तालिमलगायत प्रविधिलाई प्राथमिकता दिएको कार्यक्रम खारेज हुनुले समस्या आएको उहाँले बताउनुभयो । जिल्लाका दुई नगरसहित १२  स्थानीय तहका प्रमुख तथा अध्यक्षहरुले पनि सो कार्यक्रमलाई निरन्
वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

International
काठमाडौं । वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताउनुभयो । दिल्लीमा समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आइतवार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रलाई धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् । नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनामा दिल्लीमा वायु प्रदूषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेषगरी पञ्जाब र हरियाणाका किसानल