Banner News Archives | Page 21 of 28 | Education Patra

Banner News

चिनियाँ वरिष्ठ कूटनीतिज्ञ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

Banner News
बेइजिङ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उहाँहरुबीच शनिबार फोनमा कुराकानी भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ वरिष्ठ कूटनीतिज्ञ याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो । सो फोनका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै दुई देशको आपसी हितका बारेमा विभिन्न कुराकानी भएको बताइएको छ । यतिखेर चीनको अमेरिकासँगको सम्बन्ध एक महत्वपूर्ण स्थानमा उभिएको छ र आगामी दिनमा पनि यी दुई देशबीचमा महत्वपूर्ण सम्बन्ध अघि बढ्ने चिनियाँ विदेशमन्त्रीले बताउनुभएको थियो । चीनले चीन र अमेरिकाबीचको सम्बन्ध पारस्पिारिक हित र सम्मानका साथ हुनुपर्ने भन्दै आगामी दिनमा पनि यस्तै सम्बन्ध चाहेको जानकारी गराएको चिनियाँ कूटनीतिज्ञ जियचीले जानकारी दिनुभयो ।उहाँले चीन अमेरिकासँगको सम्बन्ध सधैँ एक
उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा नौको मृत्यु, दर्जनौँ बेपत्ता

उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा नौको मृत्यु, दर्जनौँ बेपत्ता

Banner News, International, Main News
पूर्व मेदिनीपर, पश्चिम बङ्गाल । उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म नौजना मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ । उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन् । कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पु¥याएको भिडियोहरूमा देखिन्छ। हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ,