Banner News Archives | Page 4 of 28 | Education Patra

Banner News

रैथाने शिल्पकला विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझायो

रैथाने शिल्पकला विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझायो

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्वसचिव मानबहादुर विके संयोजकत्वको चार सदस्यीय कार्यदलले त्यसबारे विस्तृत अध्ययनपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदर किरातीलाई सुझाव र सिफारिससहितको प्रतिवेदन बुझाएको हो। सरकारले गत चैत २० मा गठन गरेको कार्यदलमा राजन मुकारुङ, भोगीराज चाम्लिङ र गीता चौधरी सदस्य छन्। कार्यदलले प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाको अवधारणा, आधार, आवश्यकता र सम्भावनाका विषयमा विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको कार्यदलका संयोजक विकेले जानकारी दिए। कार्यदलले प्रस्तावित विश्वविद्यालय स्थापनाका लागि आवश्यक नीतिगत तथा संरचनागत पूर्वाधार तैयार गर्न विकास समिति गठनको माग समेत गरेको छ। त्यसकालागि हालकै कार्यदलमा शिक्षा, श्रम र उद
बाह्र वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

बाह्र वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र । बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन । यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो । “विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।” विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो । यो पाँचौँ दीक्षान्त समारोह रहेको उहाँले बताउनुभयो । यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समार
छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने विद्यालयको स्वीकृति रद्द गर्दै महानगर

छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराउने विद्यालयको स्वीकृति रद्द गर्दै महानगर

Banner News, Main News
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति रद्द गर्ने चेतावनी दिएको छ । आज एक सूचना प्रकाशित गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयको सूचीसहित कारबाही प्रक्रिया अघि बढाउने बताएको हो । आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ । सूचनामा भनिएको छ– 'काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लङ्घन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने  विद्यालयले जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्
बढ्यो शिक्षामा बजेट: शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड रुपियाँ विनियोजन

बढ्यो शिक्षामा बजेट: शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड रुपियाँ विनियोजन

Banner News, Main News, School Education, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रको बजेट वृद्धि गरेको छ। आगामी वर्षका लागि शिक्षा क्षेत्रमा एक खर्ब ९७ अर्ब २९ करोड रुपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको ११.२६ प्रतिशत हो। चालु आर्थिक वर्ष २०७९/८० का लागि शिक्षामा कुल एक खर्ब ९६ अर्ब ३३ करोड रुपियाँ छुट्याइएको थियो। जुन कुल बजेटको १०.९४ प्रतिशत हो। यस वर्ष शिक्षा बजेटमा सरकारले नयाँ कार्यक्रम थपेको छैन। पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नुभएको बजेटले गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाई शिक्षित र मर्यादित समाजको विकास निर्माणमा जोड दिइएको छ। त्यस्तै शिक्षालाई जीवनोपयोगी, आधुनिक, विज्ञान प्रविधिमा आधारित, व्यावसायिक र अनुसन्धानमुखी बनाउँदै लैजाने र प्राविधिक शिक्षामा लगानी तथा गुणस्तर अभिवृद्धि गरिने विषयलाई पनि सरकारले प्राथ
ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं : चन्द्र भण्डारी

ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं : चन्द्र भण्डारी

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।
अबको शिक्षा कस्तो ?

अबको शिक्षा कस्तो ?

Banner News, Thought/Blog, Top Feature News
हालै एक सार्वजनिक कार्यक्रममा एक अभिभावकले भने, “मैले शिशु कक्षादेखि मास्टर्ससम्म पढाउँदा छोरोलाई करिब पचास लाख रुपियाँ खर्च गरेँ । अहिले मेरो छोरो न मेरो देशका लागि काम लाग्यो, न मेरा लागि । म विश्वविद्यालयका पदाधिकारी, कलेजका प्रमुख र शिक्षाको नीति, निर्माण गर्नेलाई सोध्न चाहन्छु, हामीले बालबच्चालाई कस्तो शिक्षा दिइरहेका छौँ ? १२ कक्षा उत्तीर्ण गरेपछि हरेक युवा किन विदेश जान चाहन्छ ? यसरी युवामा बिदेसिने मोह किन बढिरहेको छ ? के सरकारले यसको खोजी गर्नु पर्दैन ?” अमेरिका, अस्ट्रेलिया, डेनमार्क, क्यानडा, भारतलागायत देशमा जाने विद्यार्थीको सङ्ख्या र त्यससँगै गइरहेको पँुजी हेर्ने हो भने भयावह अवस्थाको छ । विदेश पढ्न जाने विद्यार्थीमार्फत चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६७ अर्ब १९ करोड रुपियाँ बाहिरिएको छ । यसबाट अनुमान लगाउन सकिन्छ, यस अघिका वर्षमा कति रकम बाहिरिएको होला । सरकारी स
प्रभावकारी शिक्षण सिकाई विधि विकासबारे ३ दिने कार्यशाला सुरु

प्रभावकारी शिक्षण सिकाई विधि विकासबारे ३ दिने कार्यशाला सुरु

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले तीन दिने कार्यशाला आयोजना गरेको हो । सोमबारदेखि सुरु भएको ’२१ औं शताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’ विषयक कार्यशालाको खुला विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले उद्घाटन गरेका हुन् । कार्यशाला उद्घाटन गर्दै रजिष्ट्रार विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याए । समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्छन्, सोही विधिअनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए । यसका लागि जड हुनुभन्दा नयाँ तरीकाहरुको विकास गर्नुपर्ने उनको भनाइ छ । रजिष्ट्रार प्राडा विष्टले विद्यार्थी र विश्ववि
असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो । यसैगरी, अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रुपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो । सञ्चारमन्त्री शर्माले भन्नुभयो, “तेस्रो संशोधन आदेशलाई स्वीकृत गर्ने प्रक्रियामा केही जटिलता
युलियन्स लगायतका महंगा बोर्डिङमाथि छानबिन गर्न अनेरास्ववियुको माग

युलियन्स लगायतका महंगा बोर्डिङमाथि छानबिन गर्न अनेरास्ववियुको माग

Banner News, From Today's Newspaper, Main News, School Education, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । खुमलटारमा रहेको युलियन्स लगायतका महंगा स्कुलमाथि छानबिन गर्न अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियुको दोस्रो केन्द्रीय कमिटी बैठकले ट्रष्टका नाममा दर्ता भई अत्यधिक महंगो शुल्क लिई कर छली गर्ने युलियन्स जस्ता विद्यालयहरुमाथि छानबिन गर्न माग गरेको हो । युनियन्सले विद्यार्थीबाट महंगो शुल्क लिने गरेको तर, राज्यलाई कर नतिर्ने गरेको अनेरास्ववियुको आरोप छ । त्यस्ता स्कुलमाथि छानबिन गरी आवश्यक कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो । त्यसका लागि अनेरास्ववियुको मातहत कमिटी मार्फत स्थानीय तहलाई दबाब दिने निर्देशन दिएको छ । युलियन्सले महंगो शुल्क लिने गरेको भन्दै सामाजिक सञ्जालमा विरोध हुँदै आएको छ । यसरी महंगो शुल्क लिन निजी विद्यालय तथा कलेजहरूमाथि छानबिन गरी दोषी देखिएमा कारबाही गर्न अनेरास्ववियुले माग गरेको हो ।रातोपाटीबाट
पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पसविरुद्ध अख्तियारमा उजुरी

पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पसविरुद्ध अख्तियारमा उजुरी

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । स्ववियु कोषको पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पस विरुद्ध अख्तियारमा उजुरी परेको छ । अनेरास्ववियुका अध्यक्ष समिक कुमार बडालले क्याम्पस प्रमुख प्रा. मुना रानाले २०७५ सालदेखि कोषमा रहेको ११ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन्। अख्तियारमा दर्ता गरिएको उजुरीमा स्ववियु कोषको पैसा र पाठ्यक्रम विकास कोषको पैसा हिनामिना गरेको भन्दै उनीमाथि छानबिन गर्न माग गरिएको छ। यस विषयमा चिकित्सा शास्त्र अध्ययन संस्थानले समेत छानबिन गरेको थियो। छानबिनको क्रममा उक्त पैसा दराजको घर्रामा राखेको र उक्त पैसा कोषको खातामा जम्मा गरिसकिएको प्रतिवेदन पेस गरेको थियो। अनेरास्ववियुले डीनको कार्यालयले समेत उनीमाथि कारबाही गर्नुको साटो प्रशय दिने गरी प्रतिवेदन पेस गरेको आरोप लगाएको छ।