Banner News Archives | Page 5 of 28 | Education Patra

Banner News

डा‍. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति

डा‍. सन्दुक रुइतको जीवनी पाठ्यक्रमबाट हटाइएकोमा रघुजी पन्तको आपत्ति

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएकोमा आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा. रुइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रुइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । ‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा सन्दुक रुइतको बारेमा लेखिएको आठ पृष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को साइन्समा केमा केमा राखियो । डा. सन्दुक रुइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवन पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जवाफ दिन आग्रह गर्छु,’ उनले भने । साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश
सामुदायिक विद्यालयका हरेक कक्षा कोठामा डिजिटल बोर्ड राख्दै काठमाडौं महानगर

सामुदायिक विद्यालयका हरेक कक्षा कोठामा डिजिटल बोर्ड राख्दै काठमाडौं महानगर

Banner News, Main News, Special News Highlights
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/०८१ मा आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा  डिजिटल बोर्ड राख्ने भएको छ । विद्यालयको प्रत्येक कक्षामा एउटा डिजिटल बोर्ड राख्ने गरी महानगरपालिकाले यस्तो तयारी थालेको हो । महानगरपालिकाले आगामी आवको नीति, कार्यक्रम तथा बजेटमा यो कुरा समावेश गर्न गृहकार्य गरिरहेको मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय प्रमुख नुरनीधि न्यौपानेले जानकारी दिए । यो कामको लागि धेरै खर्च हुने भएकाले सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले बताए । “हरेक विद्यालयमा १० ओटा डिजिटल बोर्ड वितरण गर्दा पनि एक हजार बोर्ड चाहिन्छ,” उनले टेकपानासँग भने, “एउटा बोर्डलाई करिब चार लाख रुपैयाँ पर्छ । हामीले यही अनुरूप सङ्घीय सरकारसँग बजेट माग गरेका हौं ।” सामुदायिक विद्यालय सङ्घीय सरकारको समेत भएकाले डिजिटल बोर्डका लागि बजेट छुट्याइने
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक ः प्रधानमन्त्री प्रचण्ड

चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक ः प्रधानमन्त्री प्रचण्ड

Banner News, Health Care, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताउनुभएको छ । आज (सोमबार) चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवहरुको समीक्षाका आधारमा नयाँ संश्लेषणमा पुग्नु जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रका हरेक समस्यालाई समाधान गर्नेगरी ऐन निर्माणको कार्यलाई पूर्णता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो –“कयौं युवा डाक्टरहरुले लाखौं खर्च गरेर पढ्नु भएको छ । तर ३० देखि ४० हजारको जागिर छ नेपालमा अनि किन नेपाल बस्ने भन्दै विदेशमा यो, त्यो सुविधा हुन्छ भन्ने गरेको सुनेको छु । यो सबै समस्या हल गर्ने किसिमले ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर
सङ्घीय शिक्षा ऐन संसद्को यही अधिवेशनबाट पारित गरिने

सङ्घीय शिक्षा ऐन संसद्को यही अधिवेशनबाट पारित गरिने

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । सङ्घीय शिक्षा ऐन संसद्को चालु अधिवेशनबाटै पारित गरिने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सङ्घीय शिक्षा ऐन संसद्को चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो । सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने, हरेक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चितता गर्ने पनि बताएको छ । त्यस्तै, शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरूलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने पनि उल्लेख गरिएको छ । उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन गरिने पनि राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘सङ्घीय शिक्षा ऐन यही अधिवेशनबाट पारित गरिनेछ । विद्यालय तहको पाठ्
उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ छः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Banner News, Employment, Main News
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगार सृष्टिमा सरकार दृढ रहेको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले काम गर्दै जाँदा धेरै खालका अफ्ट्याराहरु छन् । हामीले सुशासन र आर्थिक समृद्धिका पक्षमा, मुख्य त भ्रष्टाचार विरुद्ध कदम चालेको हुनाले जनतामा निकै आशा र भरोसाको संचार भएको छ । सरकार जस्तोसुकै अफ्ट्याराहरु सामना गरेर जाने शक्तिको स्रोत जनताको विश्वास र भरोसा नै हो ।’ नेतृत्वले निकै ठुला दबाब र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाब झेलेरै सुशासन र समृद्धिको पक्षमा सरकार अघि बढ्ने बताउनुभय
उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा

उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा

Banner News, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । सरकारले उच्च शिक्षामा देखिएको समस्यालाई समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च शिक्षाको समस्या समाधानका लागि उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेका हुन् । साथै हरेक प्रदेशभित्रका विशिष्टीकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एकै विश्वविद्यालयको छाता अन्तर्गत रहने गरी पुनर्संरचना गरिने भएको छ ।
महानगरपालिका प्रमुख बालेन शाहको आग्रह “आईडिया बैंकमा आवेदन दिनुहोस्”

महानगरपालिका प्रमुख बालेन शाहको आग्रह “आईडिया बैंकमा आवेदन दिनुहोस्”

Banner News, Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् । काठमाडौँ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन । ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन । ‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् । ‘कसरी त्यसको Business Plan बनाउने Implementati
बुटवलमा यही जेठ ९ र १० गते रोजगार मेला हुने

बुटवलमा यही जेठ ९ र १० गते रोजगार मेला हुने

Banner News, Employment
बुटवल । बुटवलमा यही जेठ ९ र १० गते जब फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा रोजगार मेला गर्न लागिएको हो । बुटवल उद्योग वाणिज्य सङ्घका कार्यक्रम अधिकृत मेलाका फोकल पर्सन केशव ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आई.एल.ओ.) को सहयोगमा दुई दिने रोजगार मेलामा ३० बढी उद्योग प्रतिष्ठानको सहभागिता हुने बताउनु भयो । गरिने नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले महिला, अनौपचारिक अर्थतन्त्रमा कामदार र रोजगारीका लागि फर्किएका आप्रवासीहरूको सीप अभिवृद्धि परियोजनाअन्तर्गत स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फिर्ता भएका युवाहरू एवम् रोजगारदाता सम्पर्क गरी रोजगारी प्रवर
आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम पढाइका लागि विदेसियो : प्रधानमन्त्री

आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम पढाइका लागि विदेसियो : प्रधानमन्त्री

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफमा उनले पढाइका लागि नेपालीले विदेश जाँदा उक्त रकम बाहिरिएको जानकारी दिएका हुन् । सरकारी स्कुलमा अभिभावकको विश्वास घट्दै जाँदा निजी विद्यालयको व्यापार बढ्दै गएको तथा स्वदेशमा रोजगारमूलक शिक्षा नहुँदा विद्यार्थी विदेसिँदा कति रकम बाहिरियो भनेर सांसद न्यौपानेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने, 'आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा रु. ९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशत वृद्धि हो । यहि अवधिमा नेपाली विद्यार्थी विदशेमा पढ्न जाँदा र
सार्वजनिक शिक्षाको सुधार सरकारले उच्च प्राथमिकता: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सार्वजनिक शिक्षाको सुधार सरकारले उच्च प्राथमिकता: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षानीतिमा गुणात्मक सुधार गरिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गर्न शिक्षानीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको बताए। उनले स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गर्ने कामलाई निरन्तरता दिइने बताए। प्रधानमन्त्री प्रचण्डले नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त प्रस्तावहरूको सम्भाव्यता अध्ययन