Banner News Archives | Page 6 of 28 | Education Patra

Banner News

काठमाडौं विश्वविद्यालमा अस्ट्रेलियाली सहायक विदेशमन्त्रीको भ्रमण

काठमाडौं विश्वविद्यालमा अस्ट्रेलियाली सहायक विदेशमन्त्रीको भ्रमण

Banner News, From Today's Newspaper, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं ।  नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको बुधबार भ्रमण गरेका छन् । भ्रमणको क्रममा अस्ट्रेलियाली सरकार र केयूबीचको शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गरिएको उपकुलपति भोला थापाले जनाए । ‘घुम्न आएको बेला नेपालको विश्वविद्यालय पनि हेरौं भन्ने दूतावासले हामीसँग आग्रह गरेको थियो,’ उनले भने, ‘यो हाम्रो लागि खुसीको कुरा थियो, घुमेर प्राध्यापक, विद्यार्थीसँग अन्तरक्रिया गर्नुभयो ।’ अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयसँग केयूले विगतदेखि नै सहकार्य गर्दै आएको छ । ती सहकार्य र भविष्यमा थप गर्न सकिने सहयोग आदानप्रदानको विषयमा चर्चा गरिएको विश्वविद्यालयले जनाएको छ । केयूको स्कुल अफ आट्स, स्कुल अफ इन्जिनियरिङले अस्ट्रेलियाको विश्वविद्यालयसँग सहकार्य गरेर पीएचडी कार्यक्रम संचालन गर्दै आएका छन् । क
जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने

जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने

Banner News, From Today's Newspaper, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । एसईई परीक्षा दिएर कक्षा ११ मा भर्नाको तयारीमा रहेका र कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पखाईमा रहेका विद्यार्थीलाई लक्षित गरी जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने भएको छ । मेलामा विद्यार्थीलाई पढ्ने विषय/संकाय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजक उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान)ले जनाएको छ । शैक्षिक मेलाको आठौं संस्करण ‘कान्तिपुर हिसान एडुफेयर’ काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । बुधबार कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँर र हिसान अध्यक्ष रमेश सिलवालले एडुफेयर सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ४ दिन चल्ने मेलामा धेरैभन्दा धेरै विद्यार्थी जुटाएर उनीहरुले चाहेको शैक्षिक जानकारी उपलब्ध गराउन मेला आयोजना गरिएको सिईओ स्वाँरले बताए । अध्यक्ष सिलवालले
नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई

नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडी सारेको बताए । उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । उनले भने– ‘आवश्यकता भएरै सरकारले यो विधेयकलाई अगाडि सारेको हो । यसलाई फिर्ता गर्नेतर्फ होइन । यसलाई परिमार्जन गरेर एउटा राम्रो विश्वविद्यालय कसरी निर्माण गर्न सकिन्छ, सञ्चालन गर्न सकिन्छ त्यो दिशामा हामी अग्रसर हौँ । औचित्यको हिसावले पनि यसलाई परिमार्जन गरेर राम्रो विश्वविद्यालय बनोस् भन्ने हो ।’ मन्त्री र
मन्त्री शर्मा भन्नुहुन्छ, “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”

मन्त्री शर्मा भन्नुहुन्छ, “सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व घट्दो किन ?”

Banner News, ICT News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिसम्बन्धी सेवालाई सस्तो र गुणस्तरीय बनाउँदै सबैको पहुँचमा पुर्‍याउने सन्दर्भमा सेवा प्रदायक र नियामकले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर आज (बुधबार) नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनको उद्घाटन गर्नुहुँदै सञ्चारमन्त्री शर्माले यस्तो बताउनुभएको हो । सरकार सूचना प्रविधिको पहुँच हुने र नहुनेको दूरी कम गर्न लागिपरेको जानकारी दिनुहुँदै मन्त्री शर्माले अझै पनि दूरदराजमा गुणस्तरीय मोबाइल सेवा नपुगेकातर्फ सेवा प्रदायकले सोच्नुपर्ने बताउनुभयो । सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उहाँले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिन
सिटीइएभिटीद्धारा कार्यक्रम नवीकरणका लागि आवेदन माग

सिटीइएभिटीद्धारा कार्यक्रम नवीकरणका लागि आवेदन माग

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्तर निर्धारण तथा सम्बन्धन महाशाखाको शैक्षिक सत्र २०८०–८१ को लागि नवीकरणका लागि आवेदन माग गरेको छ । नियमित शुल्कमा जेठ १७ गतेसम्म र विलम्ब शुल्क (डबल दस्तुर) मा २४ गते भित्र आवेदन दिन सूचित गरेको छ । परिषद्बाट सम्बन्धन र स्वीकृति लिई सञ्चालनमा रहेका प्रि–डिप्लोमा र प्रमाणपत्र–डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिरहेका संस्थाहरूले सम्बन्धन स्वीकृति पाएको मितिले दुई वर्ष पछि प्रत्येक वर्ष कार्यक्रम नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो वर्ष परिषद् प्रदेश कार्यालयबाट गरिएका नियमित अनुगमनबाट योग्य ठहरिएका संस्थाको कार्यक्रमहरूको नवीकरण अनलाइन मार्फत गर्न सूचित गरेको छ । प्राविधिक महाशाखाको अनुगमन–सुपरीवेक्षणबाट योग्य ठहरिएका सस्थाहरूले शैक्षिक सत्र ०८०–८१ का लागि कार्यक्रम नवीकरण गराउन सूचित गरेको छ ।
विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न केन्द्रको निर्देशन

विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न केन्द्रको निर्देशन

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न निर्देशन जारी गरेको छ । देशभरका सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामाग्री बिक्री वितरण नगर्न भनेको हो । शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हाताबाट शैक्षिक सामाग्री विक्री वितरण गर्न निषेध गरेको छ । शिक्षा नियमावलीको ३७ मा स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू नगरेमा वा पाठ्यपुस्तक खरिद गर्न लगाएमा सजाय गर्न सकिने व्यवस्था छ । त्यसरी विद्यालयबाटै पाठ्यपुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य गराएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यस्तो प्रधानाध्यापकलाई ऐन बमोजिम सजाय गर्नसक्ने व्यवस्था छ ।
सूचना प्रविधिको प्रयोग गर्दै उल्लेख्य प्रगति हासिल गर्नुपर्छ : सभामुख घिमिरे

सूचना प्रविधिको प्रयोग गर्दै उल्लेख्य प्रगति हासिल गर्नुपर्छ : सभामुख घिमिरे

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । सभामुख देवराज घिमिरेले नेपाल जस्तो मुलुकमा सूचना प्रविधिको प्रयोग गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा उल्लेख्य प्रगति हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सूचना प्रविधिका क्षेत्रमा क्रियाशील सबैमा शुभकामना व्यक्त गर्दै सञ्चार प्रविधिको सही सदुपयोगका लागि चेतनामूलक कार्यक्रमसँगै नीतिगत व्यवस्था गर्न आवश्यकता औँल्याए । “सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत गरे पनि प्रविधिको उपयोगलाई विश्वासनीय, सुरक्षित र पहुँचयोग्य बनाउने चुनौती भने यथावत् छ, सूचना प्रविधिको प्रयोग गर्दै नेपालको आर्थिक विकास, समृद्धि र रोजगारी सिर्जनामा काम गर्न सम्भव छ”, उनले भने । विगतको दशकमा दूरसञ्चार क्षेत्रमा भएको नवीनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपालले राम्रो फड्को मारेको उल्लेख गर्दै उनले प्रविधिले म
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडद्धारा १ अर्ब ७० करोड रुपियाँको पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडद्धारा १ अर्ब ७० करोड रुपियाँको पाठ्यपुस्तक बिक्री

Banner News, From Today's Newspaper, Main News, Special News Highlights, Top Feature News
ईश्वरराज ढकाल, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १ अर्ब ७० करोड रुपियाँको पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले सानोठिमी मुख्यालयसहित ९ वटा कार्यालयबाट उक्त रकम बराबरको पाठ्यपुस्तक बिक्री गरेको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उक्त रकम कक्षा ६ देखि १० सम्मका २० लाख ४६ हजार ४ सय ५० विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक बिक्री गरेबापत प्राप्त भएको जानकारी दिनुभयो । गत वर्ष १ अर्ब ७७ करोड रुपियाँको ४ देखि १० कक्षासम्मकोे पाठ्यपुस्तक बिक्री भएको थियो । चालु आर्थिक वर्षमा करिब १ अर्ब ९० करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखेको केन्द्रले जनाएको छ । केन्द्रले चालु शैक्षिकसत्रमा कक्षा ६ देखि १० सम्मको लागि १ करोड ५५ लाख पाठ्यपुस्तक छपाइ गरेको थियो । १ हजार २ सय ६७ स्थानीय बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्री गरेको प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो ।
गुणस्तर, बजारीकरण र प्रविधिसँग किसानलाई जोड्न सके कृषिमा क्रान्ति हुन्छः जसपा अध्यक्ष यादव

गुणस्तर, बजारीकरण र प्रविधिसँग किसानलाई जोड्न सके कृषिमा क्रान्ति हुन्छः जसपा अध्यक्ष यादव

Banner News, Main News, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं । मधेश कृषि विश्वविद्यालयमा स्नातक तहका पहिलो शैक्षिक सत्रका लागि कक्षा शुभारम्भ गरिएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आइतबार कक्षा शुभारम्भ गर्नुभएको हो। विश्वविद्यालयले आयोजना गरेको कक्षा शुभारम्भ समारोहमा बोल्दै उहाँले गुणस्तरीय शिक्षामा कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो। “हरेक विकासको जननी शिक्षा हो र जीवनको आधार कृषि हो, यसर्थ कृषि शिक्षा मधेशका निम्ति अपरिहार्य छ,” यादवले भन्नुभयो, “दुनियाँका धेरै मुलुकमा अत्याधुनिक प्रविधिको प्रयोगले कृषि क्षेत्रले धेरै फड्को मारिसकेको छ। त्यही गुणस्तर र प्रविधिसँग किसानलाई जोड्न सकियो भन्ने नेपालमा छिट्टै कृषिमा आधुनिकीकरण र क्रान्ति आउने निश्चित छ।” नेपालको समृद्धिका लागि एक मात्र विकल्प कृषिमा लगानी र आधुनिकता ल्याउने रहेको चर्चा गर्दै प्रतिनिधि सभा सदस्य यादवले आर्थिक अ
अब घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

अब घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

Banner News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरेको छ । सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको सुरुवात गरिएको हो । आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो । कार्यक्रममा बोल्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था सुरु हुनु प्रशंसनीय भएको बताउनुभयो । उहाँले अबबा