Banner News Archives | Page 7 of 28 | Education Patra

Banner News

संघीय शिक्षा ऐन संसद्‍को चालु अधिवेशनमै प्रस्तुत हुन्छ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राई

संघीय शिक्षा ऐन संसद्‍को चालु अधिवेशनमै प्रस्तुत हुन्छ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राई

Banner News, Main News, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‍मा प्रस्तुत गर्ने बताएकी छिन् । शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको बताइन् । पहिला पनि मस्यौदा तयार भइ मन्त्रिपरिषद्‍मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए । उनले कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । उनले विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने बताए । ‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेक
शिक्षक महासंघको प्रदर्शन-माइतीघरमा

शिक्षक महासंघको प्रदर्शन-माइतीघरमा

Banner News, Main News
ऐजुकेशनपत्र, काठमाण्डौं । नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा १४ संघसंगठनले प्रदर्शन गरेका छन् । प्रदर्शनमा शिक्षकका विभिन्न संघसंगठन, विद्यालय कर्मचारी लगायत सहभागी थिए । उनीहरुले शिक्षा क्षेत्रको समस्याहरु समाधान गर्न आवश्यक संघीय शिक्षा ऐन खोई भन्दै प्रदर्शन गरेका हुन् । साथै उनीहरूले आगामी बजेट मार्फत न्यून बेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षा शिक्षक (ईसीडी) लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग राखे । न्युनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एकवर्षदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ । केही स्थानीय तहले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन् । शिक्षक महासंघले २०७५ र २०७
सम्बन्धन र पदपूर्ति स्थगन गर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

सम्बन्धन र पदपूर्ति स्थगन गर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले अघि बढाएका सम्बन्धन र पदपूर्तिका काम रोक्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । विश्वविद्यालयबाट भएका सम्बन्धन, पदपूर्ति सम्बन्धी विज्ञापन लगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि रोक्न निर्देशन आएको हो । प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई विभिन्न विषयमा प्रतिवेदन तयार गरी १५ दिनभित्र पेश गर्न पनि भनेको छ। मध्यपश्चिम विश्वविद्यालयले २०७९ चैत २९ गतेदेखि सम्बन्धन लिन चाहने सामुदायिक तथा निजी कलेजहरुका लागि दरखास्त माग गरेको थियो। विश्वविद्यालयको उक्त निर्णय अमान्य भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन पनि गरेका थिए।
वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि १५ करोड अनुदान

वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि १५ करोड अनुदान

Banner News, Employment, Main News, Special News Highlights
गोपाल संग्रौला । सरकारले कोभिड महामारीका बेला सञ्चालन गर्ने तयारी गरेको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम बल्ल कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्डले कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पठाएका १५६ स्थानीय तहमध्ये ८१ पालिकामा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सरकारले लामो समयदेखि वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भए पनि निर्देशिका स्वीकृति नहुँदा कार्यक्रम सञ्चालन हुन लामो समय लागेको हो । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले अन्तिम छनोटमा परेका मध्ये ८१ स्थानीय तहले १५ करोड रुपैयाँबराबरको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । “हाल वैदेशिक रोजगारीबाट फर्किएका ३ हजार २२० श्रमिकका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन भइरहेको छ,” उनले कारोबारसँग भने, “८१ पालिकाले श्रमिकको संख्याका आधारमा ८ द
शिक्षक सरुवा तथा प्रअ नियुक्ति रोक्न उच्च अदालतकोआदेश

शिक्षक सरुवा तथा प्रअ नियुक्ति रोक्न उच्च अदालतकोआदेश

Banner News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र,  दाङ तुलसीपुर। उच्च अदालतले दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न आदेश दिएको छ । बिहीबार माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य यथास्थितिमा राख्न उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिएको हो। हिमबहादुर डाँगीले दिएको निवेदनमा कायममुकायम मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा छलफलका लागि दुवै पक्षलाई जेठ १ गते बोलाइएको छ। तुलसीपुरमा यसअघि प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा गरिएकोमा काँग्रेस, माओवादी केन्द्रनिकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक सङ्घ-संगठनहरूले विरोध जनाएका थिए।
कक्षा १२ मा ननग्रेड आएका सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाइनेमा विद्यार्थी खुशी

कक्षा १२ मा ननग्रेड आएका सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाइनेमा विद्यार्थी खुशी

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । कक्षा १२ मा ननग्रेड (एनजी) आएका सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । यो नियम लागू भएसँगै दुईभन्दा बढी विषयमा अनुत्तीर्ण वा ननग्रेड आएमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७८ को लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्दैै यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधन भएको निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यो नियम यसै वर्षदेखि लागू हुनेछ । यसअघि कक्षा १२ मा दुईवटा विषय लागेमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्थ्यो । त्यसभन्दा बढी विषय लागेमा अर्को वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने बाध्यतात्मक अवस्था थियो । अब भने जतिवटा विषय अनुत्तीर्ण छन् त्यतिवटा विषयमा मात्रै परीक्षा दिए पुग्
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुन्छ: उपाध्यक्ष महरा

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुन्छ: उपाध्यक्ष महरा

Banner News, Main News, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं । सरकारको नेतृत्व लिएको नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ । पूर्वसभामुख समेत रहनु भएका महराले सरकार भित्र वा बाहिर भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताउनुभएको हो । शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष महराले सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताउनुभयो । उपाध्यक्ष महराले भन्नुभयो, ‘‘जो दोषी छन् । तिनी कारबाहीको दायरा भित्र पर्दछन् । जो दोषी छैन, त्यो त कारबाहीको दायरा भित्र पर्ने कुरा भएन । सरकार भित्र हुन वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’’ उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गर्नु भ
राप्ती इन्जिनियरीङ कलेजमा “शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखिकरण”

राप्ती इन्जिनियरीङ कलेजमा “शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखिकरण”

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । राप्ती इन्जिनियरीङ कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । व्याचुलर तर्फ विई सिभिल र विसिए कार्यक्रममा स्पीङ्ग २०२३ मा अध्यापन गराउने प्राध्यापकहरुको लागि यो कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ई. नुटन आचार्यले सहजीकरण र प्रस्तुतीकरण शैली, सहजकर्ता, सहजीकरण प्रक्रिया, सहजकर्ताको भूमिका, सहजीकरण शैली, विभिन्न प्रकारका सहभागीहरूसँग गरिने व्यवहारको बारेमा प्रशिक्षण दिनुभएको थियो । साथै डा. भीमसेन गिरीले प्रभावकारी शिक्षणमा कक्षाकोठाको सिकाई व्यवस्थापन, उपयुक्त शिक्षण विधिको छनोट, कक्षाकोठाको बसाई व्यवस्थापन, विद्यार्थीहरुप्रति प्राध्यापकको व्यवहार, सबैलाई सहज र समान अवसर, कक्षाकोठालाई प्रगोगशालाको रुपमा विकास, स्पष्ट निर्देशन र सहजीकरण, सकारात्मक अभिव्यक्ति र सामुहिक भावना, सामुहिक निर्णय कार्यान्वयनको बारेमा प्रशिक
राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क

राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क

Banner News, Main News, School Education
काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको छ । नगरपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्रदेखि १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको हो । विद्यार्थीले १२ कक्षा सम्मको अध्ययनका लागि कहिँकतै कुनै शुल्क तिर्नु नपर्ने नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए । उनका अनुसार विद्यालय भर्ना, पाठ्यपुस्तक खरिद, परीक्षा शुल्क, खाजाको व्यवस्थालगायतका सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने छ । सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गर्ने निर्णयबाट पालिकाका करिब ५० विद्यालयका १० हजार बढी विद्यार्थीहरू लाभान्वित हुने भएका छन् । विद्यार्थी भर्ना तथा अन्य क्रियाकलापमा कुनै शुल्क नलिन शिक्षा शाखाले विद्यालयलाई परिपत्र गरिसकेको छ । नगरपालिकाले पालिका भित्रका निजी र सामुदायिक विद्यालयमा शिक्षाको मापदण्ड एउटै बनाउन कार्यदल बनाएर काम अघि बढाएको प्रम
निजी विद्यालयलाई मनिटरिङ गर्न नियमै नियम तर हुँदैन कार्यान्वयन

निजी विद्यालयलाई मनिटरिङ गर्न नियमै नियम तर हुँदैन कार्यान्वयन

Banner News, From Today's Newspaper, Main News, School Education, Special News Highlights
काठमाडौं । २०६९ मा तत्कालीन शिक्षा विभागले अंग्रेजी नाम भएका स्कूल–कलेजलाई नेपाली नाम राख्न निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार केही विद्यालयले नाम फेरे तर, कतिपयले भने अटेरी गरे ।  उनीहरूले सरकारकै अनुमतिमा अंग्रेजी नाम राखिएको भन्दै नाम नफेर्ने अडान लिएका थिए । दशसकौंदेखिको नाम बजारमा ‘ब्रान्ड’ बनिसकेको भन्दै कसैले विरोध गरेकै भरमा नाम परिवर्तन गर्न नमिल्ने उनीहरूको अडान थियो । तत्कालीन समयमा उच्च माध्यामिक विद्यालय संघ (हिसान) ले त्यसको विरोध गरेको थियो । शिक्षाको गुणस्तरतिर ध्यान नदिई सरकार र सरोकारवाला निकायहरू नामको पछाडि मात्र लागेको भन्दै नामको भन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएको थियो । अहिले पनि विदेशी नाम भएका स्कूल कलेजहरू प्रशस्त छन् । त्यसको जानकारी सरकारका निकायसँगै छ । काठमाडौं महानगपालिकाले हालै त्यस्ता नाम परिवर्तन गर्न भनेको छ ।