Educational Administration Archives | Education Patra

Educational Administration

शिक्षाको बेथिति अन्त्यको माग गर्दै ज्ञापन पत्र

शिक्षाको बेथिति अन्त्यको माग गर्दै ज्ञापन पत्र

Educational Administration, Main News, School Education
इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कँदै गएको र विद्यार्थीमाथि खेलबाड भइरहेको भन्दै सरोकारवालाहरूले सुधारको माग गरेका छन् । विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको भन्दै इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएको छ । अभियानद्वारा बुझाएको पत्रमा शिक्षाको बेथिति अन्त्यको माग गरिएको छ । अभियानका संयोजक दिलिपचन्द साहु र सचिव जयकृष्ण यादवले बुधबार प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै इनरुवा नगरपालिका क्षेत्रका ३० वटै सामुदायिक विद्यालयमा शैक्षिक सुधार तथा अवस्थाको आवश्यक छानबिन गरी दण्ड तथा पुरस्कारका नीति अनुसार काम गर्नुपर्ने माग गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, “इनरुवा नगर क्षेत्रको शैक्षिक सुधारका लागि अभियानले क्याम्पसदेखि विद्यालयसम्ममा रचनात्मक कार्य गर्दै आएक