Engineering News Archives | Education Patra

Engineering News

राप्ती इन्जिनियरिङ कलेज: अभिमुखिकरण तालीम सम्पन्न

राप्ती इन्जिनियरिङ कलेज: अभिमुखिकरण तालीम सम्पन्न

Banner News, Engineering News, Main News
घोराही । राप्ती इन्जिनियरिङ कलेजमा व्याचलर तहमा अध्ययनरत विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक डा. भीमसेन गिरीले विद्यार्थीहरुले के सिक्ने, किन सिक्ने, कसरी सिक्ने, शिक्षण प्रक्रियामा कसरी जिम्मेवार बन्ने, सिकाईका बाधाहरु, शिक्षण सिकाई प्रक्रियामा प्रभाव पर्ने तत्वहरुबारेमा प्रशिक्षण दिनु भएको थियो । डा. गिरीले विद्यार्थीहरुले आफ्नो समग्र विकासको लागि आफु नै अग्रसर भएर लाग्न सके मात्र उत्कृष्ट रिजल्ट प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो । यसै गरी एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागिय प्रमुख ई बाबुराम जोशीले स्पिङ सेमेष्टर २०२४ को बार्षिक कार्यतालिका पहिलो आन्तरिक परीक्षा, पाठ्यक्रमले निर्धारण गरेका फिल्ड भिजिट, अवलोकन भ्रमण, रिजल्ट प्रकाशन, सेमेष्टर अन्तिम परीक्षा, कक्षा चल्ने दिनहरुको बारेमा जानकारी गर
इन्जिनियरिङ लाइसेन्स परीक्षा: ४७.१७% उत्तीर्ण

इन्जिनियरिङ लाइसेन्स परीक्षा: ४७.१७% उत्तीर्ण

Engineering News, Main News
काठमाडौं  । नेपाल इन्जिनियरिङ परिषदले हालै गरेको इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत परीक्षार्थीहरु सफलतापूर्वक उत्तीर्ण भएका छन्। ५,८२१ जना परीक्षार्थीहरुमध्ये यस परीक्षामा २,७४६ जनाले अत्युत्तम परिणाम प्राप्त गरेका छन्, जुन गत वर्षहरुसँग तुलना गर्दा राम्रो परिणाम हो। परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’ परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए । परिषद्ले १५ जना परीक्षार्थीको नतिजा स्थगित गरेको जनाएको छ । परिषद्ले २२ मंसिरदेखि २८ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकमा परीक्षा संचालन गरेको थियो ।