जलविद्युत, हाइड्रोजन, सोलार, विन्डजस्ता वैकल्पिक ऊर्जा उत्पादनमा जोड
काठमाडौं । नेपालले जलविद्युतसँगै हाइड्रोजन, सोलार, विन्डजस्ता वैकल्पिक ऊर्जा उत्पादनमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आयोजनामा भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ अन्तर्गत ‘पायोनियरिङ द क्लिन इनर्जी सिनर्जी’ विषयक सत्रमा बोल्दै वक्ताहरुले वैकल्पिक ऊर्जाको पनि प्रयोग बढाउँदै ऊर्जा मिश्रणमा जानुपर्नेमा जोड दिएका हुन् । ऊर्जा सुरुक्षाका लागि वैकल्पिक ऊर्जा निर्विकल्प रहेको उनीहरुको भनाइ छ ।
सत्रमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्रोफेसर एवम् हाइड्रोजन विज्ञ विराजसिंह थापाले सन् २०३० सम्म हाइड्रोजनको मूल्यमा ६२ प्रतिशतले कमी आउने र त्यसका लागि नेपाल आजैदेखि तयार हुनुपर्ने बताए ।
‘सन् २०५० सम्म १३ ट्रिलिएन डलरको बजार हुँदैछ । यसमा नेपालको स्थान अन्य देशले बढी देखेको