Health Care Archives | Education Patra

Health Care

अब एआई चिकित्सक !

अब एआई चिकित्सक !

Banner News, Health Care, Thought/Blog
अहिले परीक्षणकै क्रममा रहे पनि एआईले सुखद भविष्य भने देखाएको छ, पछिल्लो समय विकसित देशहरूमा पनि जटिल शल्यक्रियाका लागि यसको माग बढ्दो छ हाम्रा आँखाले नदेखेको क्यान्सर पनि कतिपय अवस्थामा एआईले पत्ता लगाइदिएको छ, क्यान्सरजस्तो रोग समयमै पत्ता लाग्नु भनेको मान्छेको जीवन जोगिनु हो । -डा. सुमन श्रेष्ठ, डायग्नोस्टिक रेडियोलोजी तथा न्युक्लियर मेडिसिन विशेषज्ञ काठमाडौँ  । अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् । यो कुनै कल्पना होइन । पछिल्लो समय भइरहेको प्रविधिको विकासले स्वास्थ्योपचारका क्षेत्रमा यस प्रकारको एआई
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गैरकानुनी नियुक्ति खारेजीको माग गर्दै प्रदर्शन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गैरकानुनी नियुक्ति खारेजीको माग गर्दै प्रदर्शन

Health Care, Main News
एजुेकशनपत्र, दाङ  । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गैरकानुनी नियुक्ति गरिएको माग गर्दै विरोध प्रदर्शन भइरहेको छ। शुक्रबार दाङमा आयोजित गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने, र प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नियुक्ति गैरकानुनी भएकोको बारेमा प्रतिष्ठानमा अनियमितता रहेको भन्दै प्रतिष्ठानका कर्मचारी र शिक्षकहरू विरोध प्रदर्शन गरेका छन्। यसअघि पनि राष्ट्रिय सतर्कता केन्द्रले प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गैरकानुनी भएकोको घोषणा गरेको थियो। विरोध प्रदर्शन गरेका कर्मचारी र शिक्षकहरूले प्रतिष्ठानको प्रशासन र व्यवस्थापनमा अनियमितता रहेको बताएका छन्। "प्रतिष्ठानमा धेरै भएको लापर्वाही कहिले हुन्छ कार्वाही," भ्रष्टाचारको खिलाफ सरक
योग शिक्षालाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा नेपालमै स्थापित गर्दै लगिने छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

योग शिक्षालाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा नेपालमै स्थापित गर्दै लगिने छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Health Care, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आज आयोजित अन्तर्राष्ट्रिय योग दिवस–२०८० को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिनुभयो । “नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञा
राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर)

राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाए (फोटो फिचर)

Health Care, Main News, Special News Highlights
एजुकेशनपत्र घोराही । घोराही १६, दाङ सर्रामा अवस्थीत राप्ती इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले योग अभ्यास गरी योग दिवस मनाएका छन् । योग क्लब राप्ती इन्जिनियरिङ कलेजदद्धारा आयोजीत उक्त कार्यक्रममा योग गरु रविन्द बस्नेतले योग सम्बन्धी आफ्नो धारणा राख्नुका साथै विद्यार्थीहरुलाई योग अभ्यास गराउँनु भएको थियो । उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावको समेत सहभागीता रहेको थियो । लुम्बिनी प्रदेशकै उत्कृत राप्ती इन्जिनियरिङ कलेजले प्राकृतिक रुपमा अत्यन्त मनोरम र शान्त वातावरण कायम राख्न सफल भएको छ । कलेजको चारैतिर हरियाली, फुल बगैंचा र दुबो रहेको हुनाले विद्यार्थीहरुलाई योग अभ्यास गर्न सहज भएको एक अभिभावकले बताए । यसको साथै शान्त र हरियाली वतावरणले विद्यार्थीहरुको शिक्षण सिकाईमा राम्रो प्रभाव रहने विद्यार्थीहरुको अनुभव रहेको छ । योग अभ्यास गर्दै विद्यार्थीहर