Higher Education News Archives | Education Patra

Higher Education News

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

Banner News, Higher Education News, Main News, Special News Highlights
काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताउनुभएको हो । “युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।” युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री द
उच्च शिक्षामा फड्को मार्दै पोखरा विश्वविद्यालय

उच्च शिक्षामा फड्को मार्दै पोखरा विश्वविद्यालय

Banner News, Higher Education News, Main News, Special News Highlights
विजय नेपाल, पोखरा । तालाबन्दी, शैक्षिक हडताल, पदाधिकारीमा भागबण्डा अनि शैक्षिक क्यालेन्डरअनुसार पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुनु नेपालका विश्वविद्यालयमा दीर्घरोगजस्तै हुन्। अपवादमा पोखरा विश्वविद्यालय (पोवि) यी सबै विकृतिबाट मुक्त हुँदै अब्बल शैक्षिक संस्थाको यात्रातर्फ लम्किएको छ। केही वर्षअघिसम्म पोखरा विश्वविद्यालयमा महिनौँसम्म तालाबन्दी हुन्थ्यो। विद्यार्थी आन्दोलनका कारण शैक्षिक गतिविधि अस्तव्यस्त थिए। अचेल शैक्षिक हडताल, तालाबन्दी, नाराबाजी जस्ता विरोधका कार्यक्रम हुन छाडेका छन्। पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक सहप्रा.डा. तुलसीराम भण्डारी भन्छन्, ‘विगतमा के भयो, थाहा भएन। अहिले पठनपाठन, परीक्षा सञ्चालन र नतिजा प्रकाशन नियमित छ। विगतमा गुमेको एउटा सेमेस्टर पनि रिकभर गरेका छौँ।’ उनको कुरामा सहमत हुने हो भने पोखरा विश्वविद्यालय पहिलाजस्तो अस्तव्यस्त छैन।
नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल

नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल

Banner News, Higher Education News, Main News, Special News Highlights
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो । उच्च शिक्षामा देखिएका चुनौतीलाई सम्बोधन गर्न ल्याइएको उक्त अवधारणालाई विज्ञहरूले सकारात्मकरुपमा लिए पनि सञ्चालनमा गुणस्तरीयता, स्वायत्तता र विज्ञतालाई प्रश्रय दिन सुझाव दिएका छन् । मुलुकमा हालसम्म अध्ययन अध्यापन नभएका बहुविधागत प्रकृतिका विषयहरू समेटेर प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले स्वायत्त खालको सार्वजनिक विश्वविद्यालयका रूपमा अघि बढाउन उक्त विश्वविद्यालय स्थापना हुन लागेको विश्वविद्यालयको पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष डा अर्जुन कार्कीले बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार र
अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई अध्ययन भिसामा झनै कडाइ गर्ने निश्चित

अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई अध्ययन भिसामा झनै कडाइ गर्ने निश्चित

Higher Education News, Main News, Special News Highlights
काठमाडौँ । के तपाईं उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने योजना बनाइरहनु भएको छ? यदि छ भने विदेशी विद्यार्थीलाई सहज रूपमा भिसा दिँदै आएको अष्ट्रेलियाले पछिल्लो समय क्रमशः भिसासम्बन्धी नियम कठोर बनाउँदै लगेको छ । जसअनुसार विदेशी विद्यार्थीका लागि भिसा सम्बन्धी नियम थप झन्झटिलो बनाइने भएको छ । यसको प्रत्यक्ष मारमा नेपाली विद्यार्थी पनि पर्ने भएका छन् । सोमबार त्यहाँको गृहमन्त्री क्लेर ओ’निलले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । आगामी दुई वर्षमा आप्रवासीको आगमन आधामा झार्न विदेशी विद्यार्थी र अल्पसीप भएका कामदारका लागि दिइने भिसा नियम कसिलो बनाउन लागिएको हो । त्यहाँको सरकार ‘टुटेको’ आप्रवासन प्रणालीमा व्यापक हेरफेर गर्ने प्रयासमा छ । सोमबार त्यहाँको गृहमन्त्री क्लेर ओ’निलले पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । आगामी दुई वर्षमा आप्रवासीको आगमन आधामा झार्न विदेशी विद्यार्थी र
नेपालको शिक्षा मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक छ : प्रधानमन्त्री

नेपालको शिक्षा मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक छ : प्रधानमन्त्री

Higher Education News, Main News, Special News Highlights
धुलिखेल (काभ्रे)। प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नेपालको शिक्षा युग सुहाउँदो मौलिक र अन्तर्राष्ट्रियस्तरको हुनु अत्यावश्यक रहेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको प्रथम चरणको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् कुलपति प्रचण्डले यस्तो विचार राख्नु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपालको उच्च शिक्षाको वर्तमान र भविष्यप्रति साझा चिन्तनका लागि त्यो राम्रो अवसर थियो । काठमाडौँ विश्वविद्यालयले यस्तो अभियानको नेतृत्व लिएर जसरी उच्च शिक्षा सुधारका लागि नीतिगत र व्यावहारिक छलफलको अवसर जुटायो, त्यसबाट उच्च शिक्षाको अबको बाटो तय गर्न विश्वविद्यालयहरूलाई मात्र नभएर नेपाल सरकारलाई समेत सहयोग पुग्ने विश्वास मैले लिएको छु ।’’ जलवायु परिवर्तनका विषयमा काठमाडौँ विश्वविद्यालयमा जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गरिरहन
“मध्यपश्चिम विश्वविद्यालयमा “विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न”

“मध्यपश्चिम विश्वविद्यालयमा “विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न”

Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, सुर्खेत ।  नेकपा एमालेका महासचिव श्री शंकर पोखरेलज्यूको प्रमुख आतिथ्यता एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको अध्यक्षतामा "मपविका विद्यार्थीसँग शंकर पोखरेल" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी स्थित सेमिनार हलमा संचालित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य पश्चात विश्वविद्यालयका उपकुलपतिज्यूद्वारा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो भने प्रमुख वक्ताको रुपमा महासचिव शंकर पोखरेलज्यूले मन्तव्य राख्नु भएको थियो । उहाँले मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको प्रगती र सकारात्मक प्रयासको प्रसंशा गर्नुका साथै विश्वविद्यालय नेतृत्वल
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज पहिलो साता

Higher Education News, Main News
एजुेकशनपत्र, भक्तपुर। कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिनुभयो । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउ
विद्यार्थी घटी रहेको बेला इन्जिनियरिङ अध्ययन शुल्क बढाउने आईओईको तयारी

विद्यार्थी घटी रहेको बेला इन्जिनियरिङ अध्ययन शुल्क बढाउने आईओईको तयारी

Higher Education News, Main News
एजुेकशनपत्र, काठमाण्डौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले शुल्क बढाउने तयारी गरेको छ । संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले २८ वर्षदेखि इन्जिनियरिङका लागि तोकिएको शुल्क परिवर्तन नभएकोले अहिले परिवर्तन गर्ने तयारी भएको बताएका छन् । उनले भने, 'शुल्क समायोजन गर्ने तयारी भइरहेको हो । हाम्रो आईओई मा २०५२ सालमा कुल शुल्क तोकिएको थियो । त्यसमा अलिकति परिवर्तन गर्न खोजिएको हो ।' उनका अनुसार शुल्क समायोजनको लागि सिफारिस समिति बनाएको र समितिले केन्द्रीय क्याम्पसका ५ वटै आंगिक क्याम्पसका विद्यार्थी, शिक्षक, कर्मचारीसँग छलफल गरेर कार्यन्वयन समितिमा पठाएको छ । साथै उक्त सिफारिस कार्यन्वयन समितिमा पुगेको र समितिले निर्णय गरेपछि मात्रै के कति शुल्क बढ्यो भन्न सकिने डीन जोशीले जानकारी दिए । उनका अनुसार २०५२ सालमा २ लाख ८० हजार र धरौटी ३५ हजार गरेर ३ लाख १५ हजार शुल्क रहेको छ । तर, पछिल्
त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने

त्रिभुवन विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने

Higher Education News, Main News
एजुेकशनपत्र, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षामा प्रश्नपत्र फरक परेको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्र त्रृटिका सम्बन्धमा छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्ने जानकारी दिएका छन् । उनले आगामी दिनमा प्रश्नपत्र त्रृटि नदोहोरिने गरी व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत जनाएको छ । यही साउन ८ गते भएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत चार वर्ष स्नातक तहको तेस्रो वर्षको ऐच्छिक विषय ‘पर्यटन विकासको परिचय (‘इन्ट्रडक्सन टु टुरिज्म डेभलपमेन्ट) ४२५’ विषयको सट्टा असार २८ गते सम्पन्न भइसकेको ‘भारतको आधुनिक इतिहास (हिस्ट्री अफ मोडर्न इण्डिया) ४१०’ विषयको प्रश्नपत्र परीक्षार्थीलाई बाँडिएको थियो । प्रश्नपत्र फरक परेको आधा घण्टाभित्र सबै परीक्षा केन्द्रमा पुनः पर्यटन विकासको परिचय प