अनलाइनबाटै एनओसी जारी गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी
ऐजुकेशनपत्र, काठमाण्डौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।
अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । तर, अबदेखि एनओसीको प्रिन्ट पनि अनलाइनबाट आफैँले गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो ।एनओसी शाखा प्रमुख बासुदेब वस्तीका अनुसार ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो ।
सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वस्तीले बताए । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण समेत बैङ्क तथा वित्तीय संस्थाहरूबाट अटोमेटिक हुनेछ ।
यसका लागि शाखाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण ग