International Archives | Education Patra

International

कलेजको प्रवेशपरीक्षा ९० सेकेन्ड अगाडि सकिएको घण्टी बजेपछि मुद्दा दायर

Banner News, International
बिबिसी नेपाली । दक्षिण कोरियामा विश्वविद्यालयमा भर्ना पाउन लिइएको प्रवेशपरीक्षा निर्धारित समयभन्दा ९० सेकेन्ड अगाडि नै सकिएपछि केही विद्यार्थीहरूले सरकारविरुद्ध मुद्दा हालेका छन्। मुद्दामा विद्यार्थीहरूको उक्त समूहले प्रतिव्यक्ति दुई करोड वोन (१५,४०० अमेरिकी डलरजति) क्षतिपूर्ति मागेका छन्। त्यो रकम फेरि परीक्षा दिने समयसम्म अध्ययन गर्न लाग्ने खर्च हो। उनीहरूका वकिलका अनुसार एउटा विषयको परीक्षा निर्धारित समयावधिअघि नै सकिएकाले विद्यार्थीहरूको बाँकी विषयको परीक्षा पनि प्रभावित भएको थियो। के हो सन्यङ दक्षिण कोरियामा कलेजको प्रवेशपरीक्षालाई छोटकरीमा 'सन्यङ' भनिन्छ। यसमा विद्यार्थीहरूले विभिन्न विषयमा एकपछि अर्को गर्दै निरन्तर आठ घण्टा लामो जाँच दिनुपर्छ। गत नोभेम्बरमा सम्पन्न परीक्षामा ५० लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। विश्वभरि लिइने सबै पर
भारतीय संसदमा सुरक्षा उल्लङ्घन : थप दुई पक्राउ

भारतीय संसदमा सुरक्षा उल्लङ्घन : थप दुई पक्राउ

International, Main News
नयाँदिल्ली । दिल्ली प्रहरीको स्पेसल सेलले संसद् सुरक्षा उल्लङ्घन मामिलाको अनुसन्धान गरिरहेको छ । उक्त मामिलामा पक्राउ परेका पाँच जनासँग उनीहरूको शङ्कास्पद सम्बन्धका आधारमा थप दुई जनालाई सेलले पक्राउ गरेको छ । पक्राउ परेका महेश र कैलाश दुवै राजस्थान निवासी हुन् । उनीहरूको ‘जस्टिस फर आजाद भगत सिंह’ नामक सामाजिक सञ्जाल समूहसँग कथित सम्बन्ध रहेको बताइएको छ । स्पेसल सेलको काउन्टर इन्टेलिजेन्स युनिटको सोधपुछमा महेश पनि आक्रमणकारी टोलीमा समावेश हुन लागेको तर केही कारणले उनको परिवारका सदस्यले रोकेको सार्वजनिक भएको छ । यसका साथै महेशले पाँचौँ अभियुक्त तथा मास्टरमाइन्ड ललित झालाई दिल्लीबाट राजस्थानको कुचामन पुगेपछि उनका साथीहरूको मोबाइल फोन जलाउन पनि सहयोग गरेका छन् । अर्कातिर हिजो राति दुई प्रहरी अधिकारीसहित वरिष्ठ प्रहरी अधिकारीहरूले ललित झासँग सोधपुछ गर्दा उनले सम्पूर्ण घटना बताएका छन्
वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

वायु प्रदूषण बढेपछि दिल्लीमा प्राथमिक विद्यालय बन्द

International
काठमाडौं । वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालय नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताउनुभयो । दिल्लीमा समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आइतवार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । केही दिनदेखि दिल्ली र यसको वरपरका क्षेत्रलाई धुवाँले ढाकेको छ । धेरै मानिसहरूले आँखा चिलाउने, घाँटी दुख्ने र सास फेर्न समस्या भएको गुनासो गरेका छन् । नोभेम्बरदेखि फेब्रुअरीसम्म जाडो महिनामा दिल्लीमा वायु प्रदूषण सामान्यतया बढ्छ । नजिकैका राज्यहरू, विशेषगरी पञ्जाब र हरियाणाका किसानल
भारतमा जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा प्रोफेसर पक्राउ

भारतमा जहाजभित्र यौन उत्पीडन गरेको आरोपमा प्रोफेसर पक्राउ

International
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित श्रीवास्तवमाथि लागेको छ । आरोपित पेशाले प्रोफेसर हुन् । महिला भने २४ वर्षीया डाक्टर रहेको सञ्चारमाध्यमले लेखेका छन् । यो घटना इन्डिगो एयरलाइन्समा २६ जुलाइका दिन भएको हो । महिला यात्रुको उजुरीपछि प्रहरीले ती प्रोफेसरलाई पक्राउ गरेको बताइएको छ । समाचार अनुसार दुवै यात्रु आसपासको सिटमा थिए । जहाज साढे ५ बजे साँझ उडेको थियो । एजेन्सी
चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

International
उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाको लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माण कर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सिसिटिभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेकोे देखिएको छ । उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुको ठूलो टुक्राहरू तोडेको फुटेजले देखाएको छ । “दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ,” सरकारी प्रसारक सिसिटिभीले जनाएको छ । दुर्घटनाको गहन अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्
टिकटकप्रति अमेरिकी प्रहारः राष्ट्रिय सुरक्षामा जोखिम

टिकटकप्रति अमेरिकी प्रहारः राष्ट्रिय सुरक्षामा जोखिम

International, Main News
अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञहरूले चिनियाँ सरकारको स्वामित्वमा रहेको लोकप्रिय सामाजिक सञ्जाल एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका निम्ति जोखिमपूर्ण भएको बताएका छन् । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङ इतिहासमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी चिनियाँ कम्युनिष्ट पार्टीसम्म पु¥याउने गरेको सङ्घीय जाँच ब्यूरो९एफबिआई०ले उल्लेख गरेको जियानली याङले अमेरिकी अखबार द हिलमा लेखेका छन् । एफबिआईले सार्वजनिक गरेको उक्त सूचनाका आधारमा सिनेटर मार्क वार्नरको नेतृत्वमा सिनेटरहरूको एक समूहले हालै वाणिज्य विभागलाई लोकप्रिय सामाजिक सञ्जालमाथि नियमनको अधिकार प्रदान गर्ने कानून बनायो । राष्ट्रपति जो बिडेनले पनि उक्त कानूनलाई तत्काल अनुमोदन गरेर तुरुन्त पारित गर्न आह्वान गर्नुभएको द हिलमा जनाइएको छ । जियानली याङ, पीएचडी, चीनमा सिटिजन पावर इनिसिएटिभ्सका संस्थापक
दिल्लीमा बाढीको वितण्डा, सबै शिक्षण संस्था बन्द, जनजीवन नराम्रोसँग प्रभावित

दिल्लीमा बाढीको वितण्डा, सबै शिक्षण संस्था बन्द, जनजीवन नराम्रोसँग प्रभावित

International, Main News
बीबीसी । भारतको नयाँ दिल्लीमा बाढी र डुबानको कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । दिल्ली सरकारको आकस्मिक बैठकले सबै स्कुल, कलेज र विश्वविद्यालय आइतबारसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । अत्यावश्यकसेवाबाहेकका सरकारी र निजी कर्मचारीहरुलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम) गर्न भनिएको बैठकपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिए । उनले बैठकले गरेका निर्णयहरु ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । बीबीसी हिन्दीका अनुसार दिल्ली भएर बग्ने यमुना नदीको जलस्तर बिहीबार २०८.६ मिटरभन्दा माथि पुगेको छ । यो हालसम्मकै उच्च जलस्तरको रेकर्ड हो । यसअघि सन् १९७८ मा यमुना नदीको जलस्तर २०७.४९ मिटर पुगेको रेकर्ड थियो । त्यतिबेला दिल्ली डुबानमा परेर ठूलो क्षति पु