International Archives | Page 14 of 22 | Education Patra

International

भारतमा एकै दिन ४९ हजार बढी कोरोना संक्रमित

भारतमा एकै दिन ४९ हजार बढी कोरोना संक्रमित

International
नयाँ दिल्ली । भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख ८७ हजार ९४५ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरस संक्रमणको कारण एकैदिनमा ७४० जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म ३० हजार ६०१ पुगेको अधिकारीले जानकारी दिएका छन् । भारतमा अहिले पनि ४ लाख ४० हजार १३५ जना संक्रमित अवस्थामै रहेका छन् भने ८ लाख १७ हजार २०९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा ३ लाख ४७ हजार ५०२ जना संक्रमित भएका छन् । त्यसपछि तमिलनाडुमा १ लाख ९२ हजार ९६४ संक्रमित रहेका छन् । राजधानीसमेत रहेको दिल्ली प्
३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

International, Science and Technology
मिसगाभ।  इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ । यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्षण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ । यस उत्पादनलाई एक दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ । प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताउनुभयो । तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएका
बाढीबाट ९३ जनाको मृत्यु, २५ लाख मानिस विस्थापित

बाढीबाट ९३ जनाको मृत्यु, २५ लाख मानिस विस्थापित

International
डिब्रुगढ ।  भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । त्यस बाढीमा परी यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको छ । उनीहरु बाढीका कारण कोही बगेर र केहीको डुबेर ज्यान गएको हो । यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ । उक्त विभागले दिएको जानकारीमा यहाँ ३०० भन्दा बढी चौपाया पनि मरेका छन् । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाज
अमेरिकाद्वारा ४ चिनियाँ नागरिकमाथि भिसा जालसाजीको आरोप

अमेरिकाद्वारा ४ चिनियाँ नागरिकमाथि भिसा जालसाजीको आरोप

International
एजेन्सी । अमेरिकाले चारजना चिनियाँ नागरिकविरुद्ध भिसा जालसाजीको आरोप लगाएको छ । चार जनामध्ये तीन जना पक्राउ परी सकेका छन् भने एक जनाको खाजी भइरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । खोजी भइरहेका चौथो व्यक्ति सन फ्रान्सेस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा रहेको अमेरिकाले दाबी गरेको छ । एफबिआईले चिनियाँ सैनिकसँग अघोषित सम्बन्ध रहेको आशंकामा अन्य मानिससँग समेत सोधपुछ गरेको छ । आर्मीका वैज्ञानिकलाई अमेरिका पठाउने अभियानमा चीनले उनीहरुलाई सैन्य सम्बद्धताबारे जानकारी नखुलाई भिसा लिन लगाएको अमेरिकी अधिकारीले आरोप लगाएका छन् । यस्तै, अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि ७२ घण्टाको अल्टिमेटम समेत दिएको थियो । यी सबै घटनाक्रमले अमेरिका चीनप्रति पूर्वाग्रह रहेको देखिन्छ ।
चीनद्वारा छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई आदेश

चीनद्वारा छेन्दुमा रहेको महावाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई आदेश

International
जनादेश, काठमाडौँ । अमेरिकाले ह्युजटनको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न भने लगत्तै चीनले पनि छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको छ । चिनियाँ विदेश मन्त्रालयले सिचुवान प्रान्तको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको साउथ चाइना मर्निङ पोष्टले उल्लेख गरेको छ । यस्तै, अमेरिका र चीनबीच अहिले बिग्रदो सम्बन्धमा अमेरिकाको हात रहेको चीनले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘चीनले चालेको यो कदम वैधानिक र अमेरिकी अन्यायपूर्ण कार्यको आवश्यक जवाफ हो।' ‘चीन-अमेरिका सम्बन्ध अहिले जुन अवस्थाबाट गुज्रिरहेको छ यो चीनले हेर्न चाहेको दृश्य होइन यसका लागि पूर्ण रूपमा अमेरिका जिम्मेवार छ। हामी फेरि पनि अमेरिकालाई आफ्नो गलत निर्णय तत्काल फिर्ता लिएर दुई देशको सम्बन्धलाई पुरानै लयमा ल्याउने वातावरण बनाउन आग्रह गर्
जापानबाट तेत्तीस करोड ५० लाख अनुदान प्राप्त हुँदै

जापानबाट तेत्तीस करोड ५० लाख अनुदान प्राप्त हुँदै

International, Main News
जनादेश काठमाण्डौ । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ््क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सोही अवसरमा जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्न तथा २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउने दिशामा विद्यालय क्
कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना न्युन छ : डब्ल्यूएचओ

कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना न्युन छ : डब्ल्यूएचओ

International
जनादेश, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना कम रहेको बताएको छ । डब्ल्यूएचओका इमेर्जेन्सिज प्रोग्रामका प्रमुख माइक रयानले कोरोनाको खोप निर्माणमा प्रगति भइरहे पनि २०२१ भन्दा अघि खोपको निर्माण हुने अपेक्षा गर्न नसकिने बताएका छन् । महामारीको यस घडिमा कोरोना भाइरस नियन्त्रणको लागि कडा कदम चाल्नु नै महत्वपूर्ण रहेको रयानले जनाएका छन् । यस्तै, डब्ल्यूएचओले खोप निर्माणपछि सबै मुलुकमा न्यायोचित वितरण होस् भन्ने सुनिश्चित गर्नको लागि काम गरिरहेको समेत उनले जानकारी दिए । विभिन्न मुलुकमा निर्माण भएको खोप परीक्षण भइरहे पनि अहिलेसम्म कुनै खोप पनि सुरक्षा र प्रतिरोधी क्षमता विकासको मामिलामा सफल नदेखिएको रयानले जनाए ।
कोरियामा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि

कोरियामा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि

International
सियोल दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैंकले बिहीबार जनाएको छ । कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो । एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा २.९ प्रतिशतले खुम्चिएको छ । यसअघि एसियाली आर्थिक संकटको परिणामस्वरुप सन् १९९८ को चौथो त्रैमासिकमा करिब ३.८ प्रतिशतले कोरियाली अर्थतन्त्र खुम्चिएको थियो । साथै त्रैमासिक विवरण अनुसार यसै वर्ष पनि ३.३ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ । यस्तो अवस्था पनि विगत २० वर्षयता पहिलो पटक देखा परेको हो । दक्षिण कोरियामा चीनको मुख्य भूभागपछि पहिलो पटक कोरोनाभाइरस देखा परेको थियो । तर कोरियाले बाध्यकारी लकडाउन कहिल्यै लगाएन, तर सामाजिक दूरी र मास्क लगाउने कार्यलाई बढा
अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन

अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन

International
वासिङ्टन अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्र्दै न्युयोर्कका बासिन्दादाई घरबाट बाहिर निस्किँदा मास्क लगाउन भन्नुभएको हो । यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्ने आदेश दिन नसक्ने बताउनुएको थियो । अमेरिकाका संक्रामक रोग विशेषज्ञहरुले अमेरिकी राज्य र स्थानीय सरकारका नेतासमक्ष नागरिकहरूलाई मास्क प्रयोग गर्नुपर्ने आदेश दिन माग गरेका थिए । उनीहरुको यो प्रयासपछि न्युयोर्कका मेयरको यो आदेश आएको बताइएको छ । मेयर बोसरले बुधबार एक प्रेस सम्मेलनमा भन्नभुयो– खासमा कुरा के हो यो भने हामीले नागरिकलाई भनेका छौँ कि यदि तपाईँहरु घरबाहिर निस्किँदै हुनुहुन्छ भने अनिवार्य रुपमा मास्क लगाएर निकिस्कनुहोस भनेर हामीले अनुर
फ्रान्सेली विदेशमन्त्री लेबनानमा, आर्थिक संकट छलफल मुख्य एजेन्डा

फ्रान्सेली विदेशमन्त्री लेबनानमा, आर्थिक संकट छलफल मुख्य एजेन्डा

International
बेरुत ।  फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुग्नु भएको छ । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब र सभामुख नबिह बेरी समेतका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय विषयमा छलफल गर्नु हुनेछ । फ्रान्सेली दूतावासले जारी गरेको वक्तव्यमा लेबनानका समकक्षी नस्सिफ हिट्टीसँग भेटवार्ता गरिसकेपछि संयुक्त वक्तव्य जारी गरिने उल्लेख छ । लेबनानमा दशकौंपछि पहिलो पटक अत्यन्त गहिरो आर्थिक संकट उत्पन्न हुनुका साथै लेबनानी मुद्राको व्यापक अबमूल्यन भएको छ । मुद्रास्फितीको अवस्था सिर्जना भएसँगै लेबनानका आधाभन्दा बढी मानिस गरिबीको स्थितिमा पुगेका छन् । मुलुकको अर्थतन्त्रमा व्यापक मन्दी छाएपछि गत अक्टोबरदेखि नै सरकार विरोधी प्रदर्शन जारी छन् । प्रदर्शनकारीले लेबनान सरकार अक्षम र भ्रष्ट रहेको आरोप