International Archives | Page 15 of 22 | Education Patra

International

चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण

चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण

International
वेनचाङ । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ । चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली साटासाट गरेका थिए । साइट कमान्डर झाङ झुयुले राज्य संचालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गर्नु भएको थियो । पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फे
भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु

भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु

International
जनादेश, काठमाडौँ । साउथ एसियाकै सबैभन्दा कोरोना प्रभावित मुलुक भारतमा गत २४ घण्टामा कोरोनाबाट १ हजार १२० जनाको मृत्यु भएको छ । सयसँगै भारतमा मृत्यु हुनेको संख्या २९ हजार ८९० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १२ लाख ३९ हजार ६८४ पुगेको छ । विश्वमा सबैभन्दा कोरोना प्रभावित मुलुकको सुचीमा भारत तेस्रो स्थानमा रहेको छ ।
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ५० लाख नाघ्यो

International
जेनेभा, स्वीट्जरल्याण्ड ७ साउन (रासस/एएफपी) ः विश्वमा बुधबारसम्म १ करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । संक्रमित मध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ६३ हजार ५५५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६३ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख २८ हजार ७३३ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अम
ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

International
बेइजिङ, (रासस/एएफपी) संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ । पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तिब्र असन्तोष व्यक्त गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिका समक्ष आग्रह गरेको बताउनुभयो । उहाँले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिनुभएको छ । प्रवक्ता वाङले भन्नुभयो, “यो अमेरिकाले एकपक्षीय रुपमा संचालन
सैनिक हेलिकप्टर दुर्घटना, ९ को मृत्यु, ६ घाइते

सैनिक हेलिकप्टर दुर्घटना, ९ को मृत्यु, ६ घाइते

International
एजेन्सी । कोलम्बियामा मंगलबार सैनिक हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी ९ जना सैनिकको ज्यान गएको छ । यूएच–६० ब्ल्याक हक हेलिकप्टर कोलम्बियाको जंगल क्षेत्रमा दुर्घटग्रस्त भएको हो । दुर्घटनामा घाइते भएका ६ सैनिकको उपचार भइरहेको कोलम्बियन सञ्चारमाध्यमले जनाएका छन् । कोलम्बियाका फार्क विद्रोहीविरूद्धको हमलाका लागि उडेको सो हेलिकप्टर के कारणले दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान चलिरहेको छ ।
अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार, १४ जना घाइते

अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार, १४ जना घाइते

International
एजेन्सी । अमेरिकाको शिकागोमा अन्धाधुन्ध गोली प्रहार भएको छ । एक फ्युनेरलमा सहभागी भएका मानिसमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट १४ जना घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुका एक कालो रंगको सवारी साधानमा आएका केही व्यक्तिले फ्युनेरलमा सहभागी व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसअघि शिकागोमा सोमबार २५ जनामाथि गोली प्रहार भएको थियो ।
भारतीय पत्रकारको गोली हानी हत्या

भारतीय पत्रकारको गोली हानी हत्या

International
एजेन्सी । भारतको गाजियावादमा एक पत्रकारको गोली हानी हत्या गरिएको छ । विजयनगर निवासी विक्रम जोशीमाथि एक अज्ञात समुहले गोली प्रहार गरेको थियो । भाइते जोशिको उपचारका क्रममा बुधबार बिहान निधन भएको हो । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । मृतकले केही दन अघि मात्र आफ्नी भतिजीलाई केही युवाले दुख दिने गरेको उजुरी गरेका थिए । पक्राउ परेका मुख्य अभियुक्त रवि स्थानीय गुण्डा रहेको सञ्चारमाध्यमले जनाएका छन् । रविले युवतीलाई दुव्र्यवहार गरेपछि जोशी र रविको झगडा परेको थियोे । सोही रिसमा रविले जोशिलाई मारेको हुनसक्ने प्रहरीले जनाएको छ ।
मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

मालदिभ्सले पर्यटन उद्योगहरूले लिएको जमिनको कर कमी गर्ने

International
मालदिभ्सले महामारीबाट प्रभावित पर्यटन उद्योगमा लगानी वृद्धि गर्न पर्यटनसम्बन्धी गतिविधिका लागि उद्योगहरूले लिएको जमिनको कर कमी गर्न लागेको स्थानीय सञ्चारमाध्यमहरूले सम्प्रेषित समाचारमा उल्लेख छ । पर्यटनमन्त्रीसमेत रहेका मालदिभ्सका आर्थिक विकास मन्त्री फायज स्माइलीलाई उद्धृत गरी लेखिएका समाचारहरूमा पर्यटन व्यवसायका लागि भाडामा लिइएका सरकारी जग्गाको भाडामा अत्यधिक समायोजन गरिने बताउनुभएको उल्लेख गरिएको छ । यसले कोभिड–१९ को महामारीका कारण प्रभावित पर्यटन व्यवसायका लागि विभिन्न टापूमा भएका लगानीलाई राहत पुग्ने र उनीहरूको आर्थिक सुधारमा टेवा पुग्ने स्माइलीले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पर्यटनका लागि दिइएका जग्गाको भाडादर प्रति वर्गमिटर दुई अमेरिकी डलर कायम हुनेगरी सरकारले कार्यक्रम सार्वजििनक गर्न लागेको छ । मालदिभ्समा पर्यटन व्यवसाय सञ्चालनका लागि भाडा
भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

भारतको आसाम राज्यमा बाढीबाट १११ जनाको मृत्यु, लाखौँ व्यक्ति प्रभावित

International
रासस/सिन्ह्वा ः भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ । यहाँ मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँका कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ । उक्त विभागले दिएको जानकारीमा यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अरु २६ जना पहिरोमा परी मृत्यु भएको छ । सो विभागले गएको हप्ता दिन देखि नै यह
अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

International
रासस,एएफपी० ः संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस ९कोभिड–१९० बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र ९सीडीसी० ले गएको २४ घन्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घन्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हाप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ । कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ ।उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ जनाको ज्यान गइसकेको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८८ जना संक्रमितको निधन भएको बताइएको छ । संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि